भ्वाइस अफ नेपालका महागुरु तथा गायक दिप श्रेष्ठलाई कोरोना संक्रमण


काठमाडौं । वरिष्ठ गायक दिप श्रेष्ठमा कोरोना संक्रमण पुष्टि भएको छ । श्रेष्ठले महागुरुको भूमिका निर्वाह गरिरहेको भ्वाइस अफ नेपालको टिमले यसको जानकारी दिएको छ ।

श्रेष्ठको स्वास्थ्यमा समान्य समस्या देखिएपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको हो । हाल उनको ह्म्याम्स हस्पिट्लमा उपचार भइरहेको छ ।

उक्त टिमले यसबारे जानकारी दिँदै भनेको छ – स्वास्थमा सामान्य समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएका महागुरु हाम्रा कोच दिप श्रेष्ठलाई कोभिड देखिए पछि उहाँ अहिले यो रोगसँग जुधी रहनु भको छ। सधै हामीलाई आत्मवल दिने संगीतका जिवत धरोहरलाई कोभिडसंग जुध्न सामान्य नै हुनेछ भन्ने हामीलाई विश्वास छ। उहाँको उपचारमा अहिलेसम्म खटिनु भएका चिकित्सक तथा नर्सहरुलाई पनि धेरै( धेरै धन्यवाद। साथै अहिले उपचार भैरहेको ह्म्याम्स हस्पिट्लका सम्पुर्ण सहयोगि हातहरुलाई पनि धेरै धेरै धन्यवाद !


Loading comments...