Lifestyle Portal
  •   १२ चैत्र २०७९, आईतवार

अब आउने कोरोना खोप ६० देखि ६४ वर्ष उमेर समूहलाई

१६ जेष्ठ २०७८, आईतवार २२:१६

लोकप्रिय

काठमाडौं । सरकारले अब आउने कोरोना विरुद्धको खोप ६० देखि ६४ वर्षउमेर समूहकालाई लगाउने तयारी गरेको छ । परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलले अब नेपाल आउने खोपको पहिलो प्राथमिकतामा ६० देखि ६४ वर्षका व्यक्तिलाई राखिएकाे बताउनुभयो ।

उहाँले खोपका लागि भारत, चीन, अमेरिका लगायतका देशहरुमा कूटनीतिक पहल भएपनि खोप कहिले दिने भन्नेबारे उनीहरुले जवाफ नदिएको बताउनुभयो । कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका नागरिकलाई दोस्रो मात्रा तत्कालै दिन नसकिने भएकाे उहाँले बताउनुभयो ।

‘जेष्ठ नागरिकहरुले पहिलो मात्रा लगाउनुभएको ११ हप्ता नाघिसकेको छ, १२ हप्ताभित्र लगाउनपर्ने तर तत्काल खोपको आउने निक्यौंल नभएकाले केही पर जाने देखिएको छ । भारतमा पनि १६ हप्तासम्म दोस्रो मात्रा लगाइएको छ, त्यसैले १२ हप्तापछि दोस्रो मात्रा लगाएपनि खोपले काम गर्दछ ।उहाँले भन्नुभयो, तरपनि हामी छिट्टै खोप ल्याउने कोशिशमा छौं ।’

एस्ट्रेजेनेका र एस्केबायो खोप कोभिशिल्डकै प्रकृतिको रहेकाले यदि कोभिशिल्ड आएन भने यी खोपलाई दोस्रो मात्राको विकल्पमा राखिएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,

विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा