
भियतनाममा फेला परेको भेरियन्टबारे डब्ल्यूएचओले के भन्यो?
१६ जेष्ठ २०७८, आईतवार २२:२३
काठमाडौं। भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको खबरले विश्वलाई नै फेरि खतराको घण्टी बजाइदिएको छ। यो भारतीय र बेलयाती भेरियन्टसँग मिल्दोजुल्दो हाइब्रिड भेरियन्ट हावामा पनि सर्ने खतरनाख रहेको भियतनामका स्वास्थ्यमन्त्री भिएन थान लंगले जानकारी दिएका थिए।
उनले भियतनामको एक उच्चस्तरीय बैठकमा कोरोना भाइरसको यो हाइब्रिड भेरियन्टबारे जानकारी दिँदै यो भाइरस निकै घातक रहेको र हावाबाट पनि सर्ने जानकारी दिएका थिए। उनको यो भनाइसँगै विश्वभर यो भाइरसबारे चर्चा भएको छ। किनकी यसअघिसम्म कोरोना भाइरस हावाबाट सर्ने कुराको पुष्टि भइसकेको थिएन। कोरोना भाइरसबारे अझै यथेष्ट जानकारी पाउन नसकिएका बेला यो भेरियन्टले नयाँ त्रास पैदा गरिदिएको छ।
तर, विश्वस्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भने यो भेरियन्टबारे आफूलाई जानकारी नभइसकेको जनाएको छ। संगठनकी कोभिड १९ प्रविधि प्रमुख मारिया भ्यान केरखोभाले आफूहरुले यो भेरियन्टबारे आकलन गरिरहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयर्टसँग बताएकी छन्। उनले भियतनामस्थित डब्ल्यूएचओका अधिकारी र भियतनामी स्वास्थ्य मन्त्रालयबीच यो भेरियन्टबारे समन्वय भइरहेको जानकारी दिएकी छन्। उनले छिटै यो भेरियन्टबारे जानकारी प्राप्त हुने आशा व्यक्त गरेकी छन्।
विश्वमा कोरोना भाइरसका भेरियन्टहरु, भारत, बेलायत, ब्राजिल र दक्षिण अफ्रिाकामा फेला परिसकेका छन्। ती मध्ये भारतीय भेरियन्ट निकै संक्रामक देखिएको विशेषज्ञहरुले बताएका छन्। अहिले नेपाल र भारतमा यही भेरियन्ट फैलिएको छ। जसका कारण नेपाल र भारत दुबै मुलुकमा कोरोना संक्रमणबा भएको मृत्यु दर उच्च छ भने संक्रमण पनि तिब्र रुपमा फैलिएको छ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत