राष्ट्रपति भण्डारीद्वारा बेलायती महारानीलाई खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्राचार गरेकी छिन् ।

लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्रलाई आइतबार बेलायती बिदेश मन्त्रालयमा बुझाइएको छ ।

राष्ट्रपतिले खोप कूटनीति अन्तर्गत आइतबारै रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पनि पत्राचार गरेकी छिन् । अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखेकी छिन् ।

चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको टेलिफोन वार्ता लगत्तै चीन नेपाललाई तत्काल १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ ।


Loading comments...