
बेलायती प्रधानमन्त्री जोन्सनले गरे ‘गुपचुप’ विवाह
१६ जेष्ठ २०७८, आईतवार २२:३२
कठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘गुपचुप’ विवाह गरेका छन् । ५६ वर्षीय जोन्सनले आफूभन्दा २३ वर्ष कान्छी प्रेमिका सिमोन्ड्ससँग शनिबार विवाह गरेको त्यहाँस्थित पत्रपत्रिकाहरुले उल्लेख गरेका छन् । यसपछि जोन्सनलाई काम र निर्वित्तिभरणसम्बन्धी मन्त्री टेरेज कोफी र नर्दन आयरल्याण्की प्रथम मन्त्री अर्लिन फोस्टरले ट्वीट् गर्दै उनीहरूको विवाहका लागि बधाई दिएका छन् ।
वेस्टमिनस्टर क्याथेड्रलमा ३० जना मानिसहरूलाई बोलाएर जोन्सनको विवाह भएको समाचारमा उल्लेख छ । बेलायतमा कोरोना महामारी नियन्त्रणका लागि जारी भएको मापदण्डमा विवाहमा ३० जना मानिसमात्र सहभागी हुन पाइन्छ ।
जोन्सनको विवाहबारे प्रधानमन्त्री कार्यालयले भने सूचना नदिएको अन्तर्राष्ट्रि सञ्चारमाध्यमहरुले जनाएका छन् ।
जोन्सन र सिमोन्ड्स सन् २०१८ देखि रोमान्टिक सम्बन्धमा थिए । उनीहरूले आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलाएका थिए । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरालाई जन्म दिएकी थिइन् ।
जोन्सनले यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएका थिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
मैले २०४७ सालपछि भोट नै हालेकी छैन । किनभने हाम्रो नेपालमा बहुदल भित्रिएपछि मुलुकमा थप व्यक्तिवाद मात्रै मौलाएको देखेपछि मलाई
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल
काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार
काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी