
४० माइक्रोन भन्दा पातला प्लास्टिक उत्पादन रोक्ने विभागको पूर्वतयारी
१८ जेष्ठ २०७८, मंगलवार ०१:४३
काठमाडौं । वातावरण विभागले ४० माइक्रोन भन्दा पातला प्लास्टिक उत्पादन रोक्ने पूर्वतयारी गर्न उद्योगहरूलाई आग्रह गरेको छ । सरकारले आउँदो साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाउने जानकारी गराउँदै त्यसअघि नै पातला प्लास्टिकको उत्पादन रोक्न भनेको हो ।
विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै अहिले पातला प्लास्टकि उत्पादन गरिरहेका उद्योगहरूले मेसिनको पाटपुर्जा परिवर्तन गरेमा त्यसको खर्च अनुदान स्वरूप उपलब्ध गराउने जानकारी गराएका छन् ।
सरकारले आउँदो वर्षको बजेटमा साउन १ गतेदेखि ४० माइक्रोन भन्दा पातला प्लास्टिकमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,