
एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने मन्त्रिपरिषदको निर्णय
१८ जेष्ठ २०७८, मंगलवार ०२:०१
काठमाडौं। यो वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ। सरकारले यस्तो निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
शिक्षा तथा प्रविधि मन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको हो। यसअघि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाका लागि वैकल्पिक विधिका लागि अनुमति मागेको थियो। बोर्डले अनुमति मागेपछि शिक्षा मन्त्रालयले मन्त्रिपरिषदका लागि प्रस्ताव तयार पारेको थियो।
कोरोना महामारीको दोस्रो लहरका कारण अहिले देश ठप्प छ भने भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न सकिने अवस्था छैन। गत वर्ष पनि एसईई परीक्षा आन्तरिक मुल्यांकनबाटै भएको थियो। कोरोनाका कारण लगातार दोस्रो वर्ष एसईईको परीक्षा आन्तरिक मुल्यांकनबाट हुन लागेको हो।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो