
एटीएममा किन हुन्छ चार अंकको पिन नम्बर ?
४ पुष २०७५, बुधबार १४:२२
एटीएम अर्थात् (अटोमेटिक टेलर मेसिन) । चाहिएको समयमा पैसा झिक्न मिल्ने भएकाले कतिपयले ‘एनिटाइम मनी’ पनि भन्ने गरेका छन् । पैसा झिक्न सजिलो हुने भएकाले यसको प्रयोग दिनानुदिन बढ्दै गएको छ । तर, धेरैलाई एटीएमको पिन नम्बर मात्र चार अंकको किन हुन्छ ? भन्ने रहस्य थाहा नहोला ।
सामान्यतया पासवर्ड ६, ८ या त्यो भन्दा बढी अंक या अक्षरको हुने गर्दछ । तर एटीएमको पिन नम्बर अर्थात् पासवर्ड मात्र चार अंकको हुने गर्दछ । जवकी नगदको कारोवार हुने एटीएमको पिन अन्य पासवर्डको तुलनामा अझ सुरक्षित हुनुपर्ने हो । छिमेकी मुलुक भारतको सिलाङमा जन्मिएका जोन शेफर्ड बैरनले बाथरुममा बसेर एटीएमको परिकल्पना र सुरुवात गरेका थिए ।
परिकल्पनालाई पूरा गर्न उनले बेलायतको बारक्लेज बैंकको प्रमुख कार्यकारीसँग सम्झौता गरे र काम सुरु गरे । आफ्नो रकमको सुरक्षाका लागि बैरनलाई एटीएममा पासवर्ड राख्न प्रस्ताव गरियो । ६ अंकको आर्मी नम्बर थाहा भएका बैरनले त्यसैलाई पिन नम्बर राख्न चाहना गरेपिन उनकी श्रीमतीले भने चार अंक भन्दा बढी याद राख्न नसकिने जनाएपछि बैरनले चार अंकसहितको एटीएम सुरक्षा प्रणाली सुरु गरे ।
त्यसयता, विश्वभरी एटीएमको पिन नम्बर चार अंकको मात्र हुने गर्दछ । सन् १९६७ मा संसारको पहिलो एटीएम मेसिन लण्डनको एक बैंकबाट सुरु गरिएको थियो । टिभी श्रृंखला ‘अन द बसेज’ का रेग वार्ने एनफिल्ड बारक्लेज बैंकबाट एटीएम मेसिनमा पैसा निकाल्ने पहिलो नागरिक बनेका थिए । – एजेन्सी
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं – हेम्प स्पटलाइटमा पाइला चाल्दा, धेरै मानिसहरूले यो वास्तवमा के हो र किन यस्तो हानिकारक र उपयोगी बोट वरिपरि
एजेन्सी । मानिसको शरीर अन्य प्राणीको तुलनामा निकै संवेदनशील हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरीरले पहिले नै
नयाँदिल्ली: मान्छे आफ्नो प्रेमको लागि जस्तोसुकै जोखिम मोल्न सक्छ भन्ने उदाहरण भारतको उत्तर प्रदेशस्थित भदोही गाउँमा देखिएको छ । भदोही
काठमाडौं -सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै