Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

वयोधा अस्पतालले निरन्तर प्रसुति तथा स्त्रीरोग सेवा दिने

२० जेष्ठ २०७८, बिहीबार १६:५६


कोरोना संक्रमणका कारणले गर्दा नियमित स्वास्थजाँच गर्ने बिरामीहरु लगायत समग्र मेडिकल सेवा नै प्रभावित भएको छ । यो विश्वव्यापी जनस्वास्थगत आकस्मीक अवस्था हो । यद्धपी नियमित जाँच गराउनुपर्ने, दिर्घरोगी अनि प्रसुति स्वास्थ सेवा सुविधाका बिरामीहरु अत्याधिक मर्कामा परेका छन् ।
कोरोना संक्रमण त्रास अनि अस्पतालहरुमा कोरोना संक्रमणको बढ्दो जोखिमका कारणले आकस्मीक बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको अवस्था छ । यस अवस्थामा रुटिन चेकअपका अन्य बिरामीहरुका साथैं प्रसुतिसेवा र स्त्रीरोग सम्बन्धी उपचार पाउनुपर्ने हरुलाई ठूलो अफ्ठेरो परेको छ ।
विशेषत
एकपटक कोरोना संक्रमण भएकी आमाको प्रसुति सुविधामा के के ध्यान दिनुपर्छ ?
कोरोना संक्रमण पोजिटिभ देखिएको अवस्थामा नै प्रसुति गराँउदा के गर्नुपर्छ ?

अनि यी सेवाहरुलाई कसरी प्रभावकारी र कम जोखिमरुपमा गर्न सकिन्छ भन्ने प्रश्न सबैलाई लागिरहेको छ ।
काठमाण्डौ बल्खुमा रहेको वयोधा अस्पतालले कोरोना संक्रमण जोखिमलाई ब्यबस्थापन गर्दै स्त्रीरोग तथा प्रसुतिसेवा ग्राहकहरुका लागि मेटेरनीटी क्लीनीकलाई निरन्तरता दिन थालेको छ । आफ्ना विशेषज्ञ चिकित्सकहरुको बिशेष निगरानीमा अब गर्भवती चेक जाँच, प्रसुति सुविधा लगायत प्रसुति र स्त्रीरोग सम्बन्धी शल्यक्रियाहरु समेत वयोधाले निरन्तरता दिने बताएको छ ।
प्रसुति सेवा आफ्नो निश्चित समयमा हुने प्राकृतिक प्रक्रिया भएको र मुख्यतया कोरोना संक्रमीत महिलाहरुको हकमा प्रसुति प्रक्रियामा लिइनुपर्ने विशिष्ट ख्याल र सुरक्षालाई वयोधा विशिष्ट तालिमप्राप्त जनशक्तिहरुले हेर्ने बताइएको छ । कोरोना संक्रमण जोखिम, कोरोना संक्रमीत आमाको प्रसुति लगायत अन्य थुप्रै चुनौतिहरु थपिएको अवस्थामा वयोधाको विशिष्ट चिकित्सक र स्वास्थकर्मीहरुको समुहले सेवा प्रदान गर्ने बताइएको छ ।
स्त्तीरोग तथा प्रसुति विषयमा कुनै परामर्श, चिकित्सकको समय या अन्य कुनै सुविधा चाहिएमा वयोधा अस्पतालमा सोझै सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,