
इरानी नौसेनाको सबैभन्दा ठूलो जहाज ओमानको खाडीमा डुब्यो
२१ जेष्ठ २०७८, शुक्रबार ०५:५३
इरानी । इरानी नौसेनाको सबैभन्दा ठुलो पानी जहाज ओमानको खाडीमा आगलागी भएपछि समुन्द्रमा डुबेको छ । इरानी समाचार संस्थाका अनुसार खर्ग नामक उक्त जहाजको चालक दललाई भने उद्धार गरिएको छ ।
जहाजमा आगो कसरी लाग्यो भन्नेबारेमा भने अहिलेसम्म केहि खुलेको छैन् । इरानी नेबीले एक विज्ञप्ति जारी गर्दै आगो निभाउन लगातार २० घण्टासम्म पनि कोशिस गरेको भएपनि अन्त्यमा जहाज डुबेको जनाएको छ ।
ओमानको उक्त सामुन्द्रीक खाडी निकै सम्वेदनशिल मानिन्छ । जुन हालैको वर्षमा इरान तथा पश्चिमी देशकोबीच तनावको केन्द्र मानिदै आएको छ । हालै त्यस स्थानमा इरान र इजराइले एक अर्काबीच जहाजमा हमला गरेको आरोप लगाएका थिए ।
ओमानको उक्त खाडीलाई जलमार्गबाट हुने तेल सप्लाईको मुख्य हिस्सा मानिन्छ । यसअघि हिजोमात्रै इरानको राजधानी तेहरानमा पनि एक तेल रिफाइनरीमा लागेको आगो निभाउने प्रयास भएपनि पुर्णरुपमा आगो नियन्त्रणमा आउन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,