Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

कोभिड–१९ भाइरस पत्ता लाग्नुअघि वुहान प्रयोगशालामा संक्रमण थिएन : चीन

२२ जेष्ठ २०७८, शनिबार १८:३३


वुहान । चीनको हुबेई प्रान्तको वुहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोनाभाइरसबाट संक्रमित नरहेको चीनले फेरि एकपटक दोहोर्‍याएको छ ।

अमेरिकी गुप्तचर निकायको प्रतिवेदनमा सन् २०१९ को अन्त्यतिर चीनमा कोरोनाभाइरसको संक्रमण पुष्टि हुनुभन्दा केही हप्तापहिले वुहानस्थित प्रयोगशालाका तीनजनामा मिल्दोजुल्दो लक्षण देखिएको भन्ने दाबीको खण्डन गर्दै चीनको यो भनाइ आएको हो । अमेरिकी गुप्तचरको रिपोर्टपछि कोरोनाभाइरसको उत्पतिलाई लिएर अमेरिका र चीनका परस्पर भिन्न भनाइ आउने गरेका छन् ।

प्रयोगशालामा भएको व्यवस्थापकीय असावधानीका कारण चुहावट हुँदै भाइरस मानिसमा सरेको हुन सक्ने आशंका अमेरिकी अधिकारीहरूले गर्दै आएका छन् । यसै विषयलाई लिएर राष्ट्रपति जो बाइडेनले अघिल्लो हप्ता विस्तृत अध्ययन गरी ९० दिनभित्र प्रतिवेदन बुझाउन गुप्तचर निकायलाई आदेश दिएका थिए ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को संयोजनमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताले गरेको अध्ययनमा कोरोनाभाइरस प्रयोगशालाबाट चुहावट भएर मानिसमा सरेको हुन सक्ने सम्भावना अति दुर्लभ रहेको तर थप अध्ययन भने गर्नुपर्ने जनाइएको थियो ।

पछिल्लोपटक अमेरिकी गुप्तचर निकायको सूचनापछि वुहानको समुद्री खाद्यान्न बजारबाट नभई प्रयोगशालाबाट भाइरस फैलिएको हुन सक्ने आशंकामा बल पुगेको हो । यसलाई नै मध्यनजर गरेर अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चीनसँग वुहानस्थित प्रयोगशालाका तीन अनुसन्धानकर्तासहित कुल नौजना चिनियाँ नागरिकको स्वास्थ्यसम्बन्धी विवरण जारी गर्न माग गरेका छन् ।

शुक्रबार चीनको विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा सन् २०१९ को डिसेम्बर ३० भन्दा पहिले कोरोनाभाइरसको कुनै जानकारी नरहेको दाबी पुनः गरेका छन् ।

उनले अहिलेसम्म सो प्रयोगशालाका एक पनि कर्मचारी वा विद्यार्थीमा कोरोनाभाइरसको संक्रमण नदेखिएको दाबी गरे । स्वास्थ्य विवरणहरु प्रयोगशालाका कर्मचारी र शोधकर्ताहरुमा मात्रै सीमित गरिने भएकाले सार्वजनिक गर्न नसकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो