Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

अमेरिकामा प्रतिबन्धित चीनियाँ कम्पनीको संख्या ३१ बाट ५९ पुग्यो, के ट्रम्पकै बाटोमा छन् बाइडेन?

२२ जेष्ठ २०७८, शनिबार २१:१९


काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दर्जनौँ चिनियाँ प्रविधि तथा रक्षा कम्पनीले सैन्य सम्बन्ध र लगानी विस्तार गर्न रोक लगाइएको बिहीबार घोषणा गरेका छन् । बाइडेन प्रशासनले लिएको पछिल्लो कदमले उनी चीनप्रति नरम बन्नसक्ने अनुमानहरूलाई खारेज गरिदिएको छ ।

राष्ट्रपतिले गरेको पछिल्लो निर्देशनको उद्देश्य अघिल्लो वर्ष आफ्नो पूर्ववर्ती डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको चीनसम्बन्धी निर्णयलाई सुदृढ पार्ने लक्ष्य राखेको देखिएको छ ।

चिनियाँ कम्पनीहरूको सुरक्षा र निगरानीमा जोडिएका प्राबिधिक फर्म तथा कम्पनीको लगानीमाथिको नियन्त्रणलाई सुदृढ पार्दै आफ्नो मुलुकको सुरक्षालाई अघि बढाउने छ ।

“प्रतिबन्ध बिस्तार गर्नुको उद्देश्य चिनियाँ कम्पनीहरूमा भएको अमेरिकी लगानीले अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूको सुरक्षा तथा मुल्य मान्यतालाई बेवास्ता नगरून् भन्ने रहेको छ,” निर्देशनमा भनिएको छ ।

संशोधित सूचीमा वाशिङ्टनले धार्मिक र जातीय अल्पसंख्यकहरूको निगरानी वा दमन र गम्भीर मानव अधिकार उल्लङ्घनमा योगदान पुर्‍याउने कम्पनीहरू समावेश गरेको बताइएको छ ।

विस्तारित सूचीमा अमेरिकी प्रविधि र लगानीमा पहुँच सीमित गरेको दावी गरिएका धेरै कम्पनीहरू पहिले नै अमेरिकी रक्षा मन्त्रालयको कालोसूचीमा थिए ।

चिनियाँ प्राविधि कम्पनी हुवावे, नेशनल अफसोर आयल कम्पनीलगायतका ३१ कम्पनीहरूको प्रतिबन्धलाई अमेरिकाले ५९ पुर्‍याएको छ ।

बेइजिङको यस सम्बन्धमा तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । यद्यपि चिनियाँ अधिकारीहरूले व्यक्त गरेका अनौपचारिक भनाइहरूमा अमेरिकालाई राष्ट्रिय सुरक्षाको अवधारणा विकृत पार्ने र राज्यशक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन् । बेइजिङले चिनियाँ उद्यमहरूको अधिकार र हितको रक्षा गर्न अनिर्दिष्ट आवश्यक कदम बेइजिङले चाल्नुपर्ने धारणा उनीहरूले राखेका छन् ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,