कामनपाद्वारा “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा–२०७५”को घोषणा


नेपालमा व्याप्त बेरोजगारी र त्यसका कारण युवाहरुको विदेश पलायन हुने समस्यालाई समाधान गर्दै नविन सोचको माध्यमबाट प्रविधियुत्त उद्यमशीलता प्रवर्द्धन गर्ने दिशातिर अघि बढ्न तथा नवीनतम ज्ञान, सीप र क्षमता भएका उद्यमीलाई व्यवसाय सञ्चालन गर्न प्रोत्साहन र प्रश्रय दिई प्रविधिमैत्री व्यापार शैली अबलम्बन गर्दै काठमाण्डौं महानगरपालिकाले स्वदेशमै बसी उद्धमशीलता प्रबर्द्धन गर्नसक्ने सामुहिक प्लेट फर्म विकास गर्ने उदेश्यका साथ “हाम्रो काठमाण्डौं हामी बनाउँछौं” नारा दिइएको “स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा– २०७५” कोआयोज ना गरेको हो ।

काठमाण्डौं महानगरपालिका सहरी योज ना आयोग कोसक्रियतामा हुन लागेको यो प्रतिस्पर्धाबाट एकातर्फ क्षमतावान वराजगार युवाहरुलाई आफ्नैदशमा स्वराजगारिको अवसर सृजना हुन्छ भने अर्कोतर्फ स्वदेश तथा विदेशमा हाँसिल गरेको नविन ज्ञान, सिप, प्रविधि एवं कला–कौशललाई आफ्नै जन्मभूमिको माटोमा सिञ्चित गरि स्वाधिन अर्थत न्त्र निर्माण गरि राज्यको सुखि नेपाली समृद्ध नेपाल निर्माणको आकांक्षा पुरा गर्नेछ । स्थानीय सरकारकोतहबाट स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा आयोजना गर्नेयोहाम्रो पहिलो प्रयास हो। प्रतिस्पर्धाबाट साधारण तर नौैला र केही जटील तर संभाव्य गरी दुई किसिमका प्रविधिहरुको अपेक्षा गरिएकोछ । निम्न उद्देश्यका साथ यो प्रतिस्पर्धा आयोजना गरिएको छः काठमाडौंको समस्याहरुको पहिचान गरी तिनलाई निराकरण गर्ने नवीन तथा प्रविधिमैत्री उपायहरुको खोज तथा संक लन गर्ने। नविन प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्र कोपरिवर्तन गरी आधुनिक, सभ्य र सुसंस्कृत महानगर निर्माण गर्नेउपयुत्त प्रविधि भित्रयाउने ।

विश्वमा प्रचलनमा रहेका अथवा भविश्यमा नवनिर्माण हुन सक्नेनविन सोचको अन्वेषण गर्ने । काठमाण्डौं महानगरपालिकाले प्रदान गर्ने सेवा सुविधाहरुको कार्यकुशलता तथा प्रभावकारिता अभिबृद्धि गर्ने । काठमाण्डौंको सहरी समस्या समाधान गर्नसक्ने प्रविधिमैत्री स्टार्टअप उद्यमशीलतालाई प्रबर्द्धन गर्ने। यो नविन सोंचलाई प्रबर्द्धन एवं प्रोत्साहन गर्दै कार्यान्वयन योग्य बनाउनका लागि उपयुत्त वातावरण निर्माण् गर्ने । महानगरको समग्र शासन प्रणालीमा नविन सोच, क्षमता र दक्षता भएका जनशक्तिको अर्थपूर्ण सहभागीता सुनिश्चित गर्ने । यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरि मूख्य ४ विषयहरु समेटिएको छ भने हरेक विषयहरुका विभिन्न २८ क्षेत्रहरुमा प्रतिस्पर्धीले आफ्ना नविन साचहरु प्रस्तुत गर्न सक्नछन् ।

प्रतिस्पर्धालाई विभिन्न ६ चरणहरुमा विभाजन गरी सम्पन्न गरिनेछ । सबै चरणहरुमा प्रतिस्पर्धीहरुको छनौट गर्दा विषयको महत्व, उत्पादन क्षमता, ब्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं ब्याख्या गरी छुट्टाछुट्टै पाँच आधारमा तोकिएको मापदण्ड अनुसार मूल्यांक न गरी मूल्यांकनबाट प्राप्त कुल अंक मध्येसबैभन्दा बढी अंकलाई आधार मानि प्रतिस्पर्धीहरुलाई विजेताको रुपमा घोषणा गरिनेछ । प्रतिस्पर्धामा पहिलोचरणमा कम्तिमा १०० वटा नविन सोच भएका युवाहरुका समूहहरुलाई छनौट गरि विज्ञ समूहबाट करिब ३ महिना नियमित मेन्टरिङ्ग तथा तालिम दिई उनिहरुको सोँचमा निखारता ल्याईनेछ । छनौट भएका १०० प्रतिस्पर्धीहरु मध्येबाट ४ विषयका २४ वटा प्रतिस्पर्धी समूहलाई फाईनलकोलागि छनौट गरि अर्को विशिष्ट चरणको तालिम प्रदान गरिनेछ । तालिम सकिएपछि २४ प्रतिस्पर्धिहरुलाई समुहगत रुपमा फाईनल चरणको छनौटमा सहभागि गराईनेछ ।

यसरी प्रतिस्पार्धामा उत्कृष्ट ठहरिएका नविन सोच हरुलाई निम्नानुसार पुरस्कारको समेतको व्यवस्था गरिएकोछः च्यालेन्ज विजेता (समूहगत विजेता मध्ये एक) – रु ५,००,००० विषयगत विजेताः – समुदाय तथा वातावरण – रु २,००,००० विषयगत विजेताः– सहरी पूर्वाधार – रु २,००,००० विषयगत विजेताः – महानगरीय सामुदायिक सेवा – रु २,००,००० विषयगत विजेताः – महानगरीय सार्वज निक प्रशासन तथा ब्यवस्थापन – रु २,००,००० विषयगत उपविजेताः – समुदाय र वातावरण – रु १,००,००० विषयगत उपविजेताः – सहरी पूर्वाधार – रु १,००,००० विषयगत उपविजेताः – महानगरीय सामुदायिक सेवा – रु १,००,००० विषयगत उपविजेताः – महानगरीय सार्वजनिक प्रशासन तथा ब्यवस्थापन– रु १,००,००० यस प्रतिस्र्धाको माध्यमबाट लुकेर रहेका ज्ञान, सीप र प्रविधिको उजागर हुनेछ भनेदक्ष युवाहरुको विदेश पलायन हुने प्रवृतिलाई कम गर्नेतथा विदेशमा रहेका नेपाली दक्ष जनशक्तिलाई स्वदेशमैं गरिखान सक्ने बातावरण निर्माण गर्न सहयोग मिल्नेछ साथै स्वरोजगारको माध्यमबाट युवावर्गमा नयाँ उर्जाको सञ्चार हुनेछ ।

काठमाण्डौं महानगरपालिकाले यस प्रतिस्पर्धाबाट विकास हुने नविन सोच र प्रविधिको प्रयोगबाट सहरी विकासको अभियानमा एक कदम अगाडि बढ्नेछ र काठमाडौं महानगरपालिकालाई स्मार्ट सीटीको रुपमा विकास गर्ने कार्यका लागि कोसेढुङ्गा बन्नेछ । काठमाण्डौंको अनुभव समग्र स्थानीय तहहरुका लागि समेत अनुस रण योग्य हुने विश्वास लिईएको बेहोरा कामनपाका मेयर विद्या सुन्दर शाक्यको नाममा प्रेसित पत्रमा उल्लेख गरीएको छ ।


Loading comments...