
नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक छ : राजेन्द्र महतो
२२ जेष्ठ २०७८, शनिबार २३:२२
काठमाडौँ– नवनियुक्त उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोले नेपालमा एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको बताएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) को नेता समेत रहेका महतोले पार्टी कार्यालयमा नवनियुक्त मन्त्रीहरूलाई गरिएको स्वागत कार्यक्रममा बोल्दै नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका हुन् ।
एकल राज्यका कारण विभिन्न समुदाय पछि परेको भन्दै बहुल समुदाय रहेकोले बहुलतामा आधारित राज्य सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।
उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पार्टीको नीतिलाई मुख्य ध्यानमा राख्दै काम गर्न निर्देशन समेत दिएका छन् ।
मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरीको रिहाइका लागि प्रक्रिया अगाडि बढाउने पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले