Lifestyle Portal
  •   १५ चैत्र २०७९, बुधबार

विक्कीसँग कटरीनाको यस्तो चाहना

२३ जेष्ठ २०७८, आईतवार ०१:२९


मुम्बई(दैनिकभास्कर)– अभिनेत्री कटरीना कैफ र अभिनेता विक्की कौशल अफेयरका कारण लामो समयदेखि चर्चामा छन् । ‘भूत पार्ट वन’को स्क्रिनिङमा होस् या अम्बानी पीरामलको होली पार्टीमा होस्, दुवैजनालाई सँगै देखिनुले उनीहरु अफेयरमा छन् भन्ने कुराको केही हदसम्म प्रमाणित गरिदिएको छ ।

रोचक कुरा के छ भने यी दुवै कलाकारलाई एकैपटक कोरोना पोजेटिभ भएको थियो । यी सबै कुरा एकसाथ भइरहनुले पनि उनीहरु प्रेममा छन् भन्ने कुराको पुष्ट्याइ गरेको छ ।

विक्कीलाई लिएर कटरीना निकै आशावादी छन् । त्यहीकारण उनी विक्की कुनै पनि फिल्ममा अन्य कोही अभिनेत्रीसँग अन्तरंग दृश्य नगरुन भन्ने चाहन्छिन् ।

कटरीना र विक्की सामाजिक सञ्जालको माध्यमबाट आफ्नो सम्बन्ध सार्वजनिक गर्न चाहन्छन् । तर विक्कीका पिता भने आधिकारिक रुपमा सम्बन्ध घोषणा नहोस् भन्ने चाहन्छन् ।

‘विक्कीका पिता शाम कौशल रोमान्सलाई लिएर छोराको नाममा समाचार नबनोस् भन्ने चाहन्छन् । शामले विक्कीलाई अहिले करियर उच्च स्थानमा पुगेको हुनाले कुनै ठूलो कदम नचाल्न भनेका छन् ’, विक्की निकट स्रोतले भनेको छ ।

कटरीना विक्कीभन्दा चार वर्ष जेठी छिन् । सम्बन्धको कुरा गर्दा विक्कीको अफेयर ‘ब्रोकन बट ब्यूटीफूल’ फेम हरलीन सेठीसँग थियो ।

कटरीना पनि रणवीरसँग लिभ इन रिलेसनमा रहिसकेकी छन् । उनको नाम सलमानसँग पनि जोडिएको थियो । तर आधिकारिक पुष्टि भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ

मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,