
सेभ नेपाल ग्लोबल एलायन्सद्वारा नेपाललाई १०० अक्सिजन कन्सनट्रेटर प्रदान
२३ जेष्ठ २०७८, आईतवार १६:१६
काठमाडौं । देशैभरी कोभिड १९ महामारीको दोस्रो लहर डरलाग्दो रुपमा फैलिईरहेको परिस्थितिमा संसारभर रहेका नेपालीहरु र संघसंस्थाहरु मिलेर अत्यावश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउन थालेका छन् । सेभ नेपाल फ्रम कोभिड-१९ ग्लोबल एलाएन्सले नेपाललाई १०० वटा अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको छ ।
अभियानबाट शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीलाई १०० वटा कन्सेन्ट्रेटर हस्तान्तरण गरिएको थियो ।
उक्त हस्तान्तरण कार्यक्रममा एलायन्सका तर्फबाट पूर्व क्रिकेट कप्तान पारस खड्का, बिमान चालक विजय लामा, मिस नेपाल २०२० नम्रता श्रेष्ठ , एलायन्सका नेपाल संयोजक पुकार बम लगायत को एलायन्स प्रतिनिधिहरुको उपस्थितिमा समापन भएको थियो ।
प्रहरीले आवश्यक दुर्गम स्थलहरुमा ढुवानी गर्न समन्वय गरिदिने जिम्मेवारी लिएको छ ।
कन्सेन्ट्रेटर हस्तान्तरण गर्दै एलाइन्सका अभियन्ताहरुले अत्यावश्यक स्थानमा सही समयमा पुगोस् भनेर नेपाल प्रहीलाई सहयोग समन्वयको जिम्मा दिइएको बताए ।
दिनहुँ संक्रमित भएका नेपालीहरुको पीडामा मल्हम लगाउनको लागि यो एलाइन्सको गठन गरिएको र सहयोग संकलन गरी उपलब्ध गराइरहेको एलाइन्सकी अन्तरास्ट्रिय संयोजक प्रगति घिमिरेले बताइन् ।
“हामीले देशविदेशबाट आ-आफ्नो तर्फ़बाट लागिपरिरहेका छौँ। देशलाई सहयोग गर्नुपर्ने यो भन्दा कठीन घडी सायदै आउला। यसै सन्दर्भमा नेपाल, अमेरिका, न्यु जिल्यान्ड , अस्ट्रेलिया, फ्रान्स बेलायत लगायतका देशहरुमा भएका संघसंस्था एलाएन्समा आबद्ध भएका छौं”- इन्स्टिट्युट फर नेपालकि सह-संस्थापक समेत रहेकी घिमिरेले भनिन् ।
यता एलाएन्सका तर्फबाट अर्का नेतृत्वकर्ता नेपाल संयोजक ( हाम्रो सानो प्रयास नेपालका राष्ट्रिय संयोजक / ईन्स्टिच्युट फर नेपालका सह-संस्थापक ) पुकार बमले यो अभियानको उद्देश्य संसारभरीका सहयोगी नेपालीहरुको साधन श्रोत प्रयोग गरेर छिटो भन्दा छिटो नेपालका आवश्यक स्थानमा राहत पुर्याउनु रहेको बताए ।
यस अभियानमा पूर्व क्रिकेट कप्तान पारस खड्का, बिमान चालक विजय लामा, अभिनेत्री मनिषा कोइराला, फिल्मकर्मी निस्चल बस्नेत, पुर्व मिस नेपालहरुको समुह- प्रिती सिटौला राजबंशी, शृंखला खतिवडा, मलिना जोशी र हाल २०२० मिस नेपाल नम्रता श्रेष्ठ लगायत अरु धेरै देशविदेशका व्यक्तिहरु रहेका छन् ।
सेभ नेपाल अलाइन्समा अहिले सम्म विभिन्न प्रबुद्ध व्यक्तिका अलावा इन्स्टिट्युट फर नेपाल, हाम्रो सानो प्रयाश नेपाल, पल्मनरी हाइपरटेन्सन एशोसिएन नेपाल, न्याक(NACC), निको(NEEKO), टेक्सास नेपाली मेडिकल एशोसिएसन, ह्वाईट जोन, अमेरिकन सोसाइटी फर नेप्लिज इन्जिनियर्स, प्रलाद तथा विन्दु पन्त फाउण्डेसन, इङ्ग्ल्याण्ड फेडरेसन फर इण्डियन एशोसियट्स, न्यानोपन, नेपाल टी फाउण्डेसन, यति एयरलाइन्स, समिट एअर, रोटरी क्लब अफ काठमाण्डौँ कलंकी, योगदान फाउण्डेसन, नेप्लिज एशोसियसन अफ फ्लोरिडा, र एएनए अमेरिका आबद्ध भएका छन् ।
अभियानले गोफण्डकी लगायतका क्राउड फण्डिङ सञ्जालहरुबाट स्रोत संकलन गरेको थियो । गैर आवाशीय नेपालीहरुमार्फत विभिन्न देशमा नेपाललाई खोप दिन दवाव अभियान भइरहेको अभियन्ताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो