
कार्यदलले काम गर्ने ओलीको प्रस्ताव, तर कार्यदलको नेतृत्व गरेका रावल नै कारबाहीमा
२३ जेष्ठ २०७८, आईतवार २३:५८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताका लागि आह्वान गरेका छन् । उनले खनाल–नेपाल समूहले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ताको माग गरेका छन् । त्यसो भएमा आफू जेठ ३ गते अघिको कमिटीमा फर्कन तयार रहेको ओलीको भनाइ छ ।
संगठनलाई जेठ ३ अघिको अवस्थामा पुर्याउने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
“मातहतका पार्टी कमिटी र जनसङ्गठनहरू मूलभूत रुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन् । सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ,” उनको प्रस्तावको बुँदा नम्बर २ मा उल्लेख छ ।
तर, एमालेले पार्टीलाई जेठ २ अघिको आसपासमा पुर्याउन गठित कार्यदलमा खनाल–नेपाल समूहको तर्फबाट नेतृत्व गरेका भीम रावल नै कारबाहीमा छन् । स्थायी कमिटी बैठकले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल भीम रावलसहित ११ जनालाई साधारण सदस्यबाट निष्कासन गरेको छ ।
केही अघि ओली र खनाल–नेपाल समूहका दोस्रो तहका नेताको अनौपचारि संवाद भएको थियो । पार्टी एकताका लागि गठित उक्त कार्यदलको औचित्य नरहेको कतिपयको टिप्पणी थियो ।
ओलीले यो बीचमा कुनै कारबाही नगर्ने बताएका छन् । यसअघि गरिएका कारबाहीका विषयमा भने केही खुलाएका छैनन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले