
पार्टी एकताका लागि तार्किक निष्कर्षमा पुग्न अध्यक्ष ओलीको वक्तव्य सकारात्मक : नेता भट्टराई
२४ जेष्ठ २०७८, सोमबार ००:०७
काठमाडौँ– नेकपा एमालेका नेता योगेश भट्टराइले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको आह्वान सकारात्मक भएको प्रतिक्रिया जनाएका छन् ।
अध्यक्ष ओलीले एकताको आह्वानसहित ६ बुँदे अपिल जारी गरे लगत्तै उनले सामाजिक सञ्जालमार्फत सो प्रतिक्रिया जनाएका हुन् ।
एमालेको नेपाल–खनाल समूहमा रहेका उनले प्रधानमन्त्री समेत रहेका ओलीको आह्वानले एमालेको एकतालाई अक्षुण राख्न मद्धत पुग्ने अपेक्षा राखेका छन् ।
‘कार्यदल स्तरको छलफललाई यो बक्तब्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पस्ट गर्नुपर्ने र मिलाउनु पर्ने थप विषयहरुलाई समाधान गर्ने छ’, उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्चमा विचाराधीन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत संविधानको रक्षा, लोकतान्त्रिक प्रकृयाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुनेछ ।’
उनले ओलीको वक्तव्यले पार्टीको शीर्ष नेतृत्वका बीचमा सार्थक संबाद हुने र नेकपा एमालेको एकतालाई अक्षुण राख्न मद्घत पुग्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ