Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार
baburam bhattrai

‘नक्कली राष्ट्रवाद’को भ्रम छरेर गणतन्त्र परास्त गर्ने खेलम ओली लागेको नेता भट्टराईको आरोप

२४ जेष्ठ २०७८, सोमबार २३:३८


काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको भ्रम छरेर गणतन्त्र परास्त गर्ने खेलमा लागेका आरोप लगाएका छन् ।

सोमबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर भ्रम छरेपनि बाह्य शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेको उनले अरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीकै कारण देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताए । ओलीले देशी विदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको समेत उनले आरोप लगाए ।

उनले सबै पार्टी मिलेर राज्यको सबै अंग कब्जा गरी ध्वंस गर्ने ओलीको कदमको प्रतिवाद गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको