Lifestyle Portal
  •   १७ चैत्र २०७९, शुक्रबार

सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइनः गभर्नर अधिकारी

२४ जेष्ठ २०७८, सोमबार २३:४१


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शैक्षिक योग्यताको प्रमाणपत्र देखाउने वित्तिकै २५ लाख ऋण नपाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)ले बजेट कार्यान्वयनः चुनौती र समाधानका बिषयमा आयोजना गरेको भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले भने–‘सर्टिफिकेट देखाउने वित्तिकै २५ लाख ऋण पाइने होइन, गतिलो व्यवसायीक योजना चाहिन्छ र त्यसको अध्ययन गरेर आवश्यक रकम मात्रै दिने हो ।’

उनले राम्रो व्यवसायीक योजना पेश गरेर उद्यमशिलता दर्शाउन सक्नेहरुलाई एक प्रतिशत ब्याजदरमा प्रमाणपत्र परियोजना राखेर ऋण दिन भने कुनै समस्या नभएको बताए । गभर्नर अधिकारीले तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरताका लागि नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिलाई केन्द्रित गर्ने पनि बताए । ‘केन्द्रिय बैंकको योजना भनेको तरलताको उचित व्यवस्थापन र ब्याजदर स्थिरता हो । त्यसका लागि आवश्यक नीति आगामी मौद्रिक नीतिमा आउँछन’, गभर्नर अधिकारीले भने । उनले बजारमा न्युन तरतलता हुँदा पैसा पठाउने र बजारमा अधिक तरतलता हुँदा प्रशोचन गर्ने नीति राष्ट्र रहेको पनि स्पष्ट पारे ।

गभर्नर अधिकारीले सहुलियतपूर्ण कर्जालाई लक्षित वर्गसम्म पुर्याउने, पुनकर्जालाई नतिजामुखी बनाउने लगायतका कामलाई राष्ट्र बैकले बिशेष चासोका साथ अघि बढाएको पनि बताए । आगामी मौद्रिक नीतिले बजेटमा अघि सारिएका कार्यक्रमहरु कार्यान्वयनका लागि स्पष्ट योजना अघि सार्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो