
राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे प्रधानमन्त्री
२४ जेष्ठ २०७८, सोमबार २३:४७
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। प्रधानमन्त्री ओलीले सोमबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर वार्ता गरेको स्रोतले बताएको छ।
यो भेटवार्ताका क्रममा नेकपा एमालेमा देखिएको विवाद मिलाउन आफूले गरेको पहलबारे ओलीले जानकारी गराएको स्रोतले बताएको छ। त्यस्तै सरकारका पछिल्ला कामकारबाही, कोरोना नियन्त्रण, प्रतिनिधिसभा विघटनपछिको राजनीतिक परिस्थितिबारे दुई जनाबीच कुराकानी भएको छ।
प्रधानमन्त्रीको सचिवालयले यो भेटलाई नियमित भएको छ। प्रधानमन्त्रीले आवश्यक परे अनुसार राष्ट्रपतिलाई भेटेर परामर्श लिने गरेका छन्। एमालेमा देखिएको विवाद समाधानमा राष्ट्रपतिले पटक पटक विशेष चासो राख्ने गरेकी छन्।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
शहरका पोलहरुमा तारको अवस्था कस्तो छ भनिरहनु नपर्ला । त्यसमा हजारौँ मिम बनेका छन्, ट्रोल भएका छन् । भौतिकरुपमा तिनले