Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

मन्त्रिपरिषद पुनर्गठनका विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग्यो

२५ जेष्ठ २०७८, मंगलवार १५:२७


काठमाडौं । मन्त्रिपरिषद पुनर्गठनविरुद्ध गरेका रिटहरुमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज सरकारसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

रिट निवेदनकर्ताले यस विषयमा सरकारको निर्णय बदर गर्न माग गर्दै अन्तरिम आदेश दिन माग गरेका थिए । अदालतले आज नै अन्तरिम आदेश दिएन तर अन्तरिम आदेश दिन अस्वीकार पनि गरेको छैन । अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्नको लागि मिति तोकेको छ । अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो