Lifestyle Portal
  •   ३ जेष्ठ २०७९, मंगलवार

ल्याङल्याङ अति भयो, आउनेलाई स्वागत गरौं, असंभव काेशिस छाेडाैं : सूर्य थापा

२५ जेष्ठ २०७८, मंगलवार २२:४७

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टी एकताका लागि भएका प्रयास असम्भव भएका बताएका छन्।

उनले माधव नेपाल पक्षका शर्त स्वीकारेर एकता नहुने पनि बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले एकता प्रयासलाई ब्यङ्ग्यात्मक पारामा भनेका छन्, ‘तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ।’

थापाले नेपाल पक्षले एकताका लागि अति ल्याङल्याङ गरेको बताएका छन्।

‘ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं।’, थापा लेख्छन्। ‘माधवकुमार नेपालका शर्त स्वीकारेर त एकता हुँदैन। यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको कांग्रेससँग बरू एकता होला। तेल निस्काल्न बालुवा होइन तोरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयो। अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं,असंभव कोशिस छोडौं।’

अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ।
माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला।तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयाे!अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल

काठमाडौं : काठमाडौं महानगरपालिकामा पाँच वडाको मतगणना जारी छ। वडा नम्बर ३२, १, २, ३, ४ को मतगणनामा स्वतन्त्र उम्मेदवार

काठमाडौं- काठमाडौं महानगरपालिकामा स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले अग्रता बनाइरहेका छन्। शनिबार राति पौने ११ बजे महानगरपालिकाको निर्वाचन समितिले दिएको जानकारी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २६८२ मतगणना हुँदा जारी मतगणनाको परिणाम