Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार

विश्वासको मत लिन मुख्यमन्त्री भट्टबाट शिक्षा लिएको राम्रो: भीम रावल

२६ जेष्ठ २०७८, बुधबार ०३:५१


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले मुख्यमन्त्री त्रिलोचन भट्टबाट शिक्षा लिन आफ्नै पार्टीका अध्यक्षसहितका नेतालाई सुझाव दिएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा विश्वासको मत लिन सफल भएलगत्तै भट्टलाई बधाई दिँदै नेता रावलले विधि पद्धति नमान्नेहरुले भट्टबाट शिक्षा लिनुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत नेता रावलले मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएको बताएका छन् ।

रावलले लेखेका छन्, ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई । विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?’

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज

काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ