पोष्ट कोभिड ओपीडी सेवा के हो ? यसरी चिकित्सकहरुको समय लिन सकिनेछ ।


विश्वभरिका फिजीसियन र वैज्ञानीकहरु कोरोना लागेपछि आउने स्वास्थ समस्या, कमजोरी र अन्य प्रकृतिहरुको बारेमा बुझ्न तल्लीन छन् । कोरोना लागेका र निको भएका बिरामीहरुमा देखिने बिभिन्न लक्षणहरु र तिनको समाधान, चिकित्सकीय परामर्श र जीवनशैलीमा परिवर्तन पोष्ट कोभिड विश्वको महत्वपूर्ण कुरा हो ।

कोभिड एउटा नयाँ संक्रमण हो, हामीले यस संक्रमणका बारेमा थाहा पाएर यससंग लड्न थालेको धेरै भएको छैन । कोभिड लागेका बिरामीहरु निको भएपश्चात पनि अन्य बिभिन्न समस्याहरु जस्तै कमजोरी, अनिन्द्रा, श्वाँसप्रश्वासमा समस्या, डिप्रेशन लगायत थुप्रै अन्य लक्षणहरु देखिन थालेको छ । यसका अलावा अझै पनि हाम्रो समाजमा कोभिड लागेर निको भएपछि पनि हथावत रहेको बिभेद अर्कोतर्फ छ । अझ दिर्घरोगी बिरामीहरु जस्तै व्लड प्रेशर, मधमेह लगायतका रोगीहरु, गर्भवती महिलाहरु र अन्य स्वास्थ समस्या भएकाहरुलाई कोभिडको असर निको भइसकेपछि पनि बुझ्न र त्यसअनुसार परामर्श र उपचार गर्न जरुरी रहन्छ ।

यसका लागि आफ्नो परिवार, समुदाय वा आफु स्वंलाई नै कोभिड भएका सबैजनाले पोष्ट कोभिड चिकित्सकिय परामर्श लिन जरुरी रहन्छ ।

के तपाँईलाई पनि कोभिडपछि धेरै थकान, मानसिक दुविधा, टाउको दुख्ने, राम्ररी गन्ध नआउने, रिंगटा लाग्ने, छाती दुख्ने, श्वाँसप्रश्वास छिटो छिटो छिटो हुने, खोकी लाग्ने, जोर्नी र माशंपेशी दुख्ने, समय समयमा ज्वरो आउने र अनिन्द्राको समस्या छ ? यदि छ भने यहाँहरुले पोष्ट कोभिड परामर्शको आवश्यक्ता हुन सक्छ । शरीरमा थप बिगार हुनबाट जोगाउन र शिघ्र तन्दुरुस्तीका लागि डाक्टरसंग भेट्न जरुरी रहन्छ ।

कोभिड पछिको नयाँ मधुमेह देखि अन्य इन्डोक्राइनोलोजीका समस्यमाहरु विश्वव्यापी देखापरिरहेको छ । यसका लागि चिकित्सकसंग फलोअपको अत्याधिक जरुरी रहन्छ । हाइपरटेन्शन र मधुमेहका बिरामीहरुमा कोभिडपछिको स्याहार पनि समबन्धीत विज्ञ र अनुभवी मेडिकल टिमबाट गरिन जरुरी छ ।
यसका लागि काठमाण्डौ बल्खुमा रहेको वयोधा अस्पतालले पोष्ट कोभिड ओपीडी सेवाको शुरु गरेको छ । वयोधा अस्पतालमा कोभिडसंग विज्ञ चिकित्सकहरुको समुह, अत्याधुनिक सेवा, विश्वस्तरिय उपचार पद्धतिका संक्रमण न्यूनीकरणका लागि पूर्ण रुपमले खोप लगाएका सबै मेडिकल टिम, सुरक्षित वातावरण, पोष्ट कोभिड ओपीडीको छुटै व्लक र सर्वसुलभ शुल्क र धेरै पर्खन नपर्ने सेवा प्रदान गर्ने संरचनाको ब्यबस्था छ ।
पोष्ट कोभिड ओपीडीमा वयोधा अस्पतालको विज्ञ चिकित्सकहरुको सूची यस प्रकार छ ।

डाक्टर अशेष ढुगांना
श्वाँसप्रश्वास रोग बिशेषज्ञ, क्रिटिकल केयर र स्लीप मेडिसीन

डाक्टर विश्व कुमार श्रेष्ठ
फिजीसियन, पल्मोनरी केयर, क्रिटिकल केयर

डाक्टर प्रकाश श्रेष्ठ
फिजीसियन

डाक्टर अन्त राज खत्री
फिजीसियन

डाक्टर अवीन शराफ
फिजीसियन
समबन्धीत चिकित्सहरुको समयको लागि निम्न नंबरहरुमा कल गर्न सक्नुहुनेछ ।
+977-1-4286428
+977-1-4288404


Loading comments...