Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

संक्रमितको संख्या नेपालमा ६ लाख नाघ्यो, आज ३७४९ जना थपिए

२७ जेष्ठ २०७८, बिहीबार १७:४५


काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख नाघेको छ । चौबीस घण्टामा थप ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएसँगै पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या १७ हजार ७१४ पुगेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भइ निको हुनेको कुल संख्या ५ लाख १५ हजार ५९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ८५ दशमलव ७ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण नेपालमा थप ५९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको कुल संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत