Lifestyle Portal
  •   ६ असार २०७८, आईतवार

खोप अभावपछि काठमाडौंमा कोरोनाविरुद्धको ‘खोप कार्यक्रम’ रोकियो

२७ जेष्ठ २०७८, बिहीबार २०:५०

काठमाडौं । काठमाडौँ महानगरपालिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । गएको मंगलबारदेखि महानगरको ३२ वटै वडामा संचालन गर्दै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भए पछि स्थगित भएको हो ।

काठमाडौं महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौं महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए ।

नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । यसरी प्राप्त भएको खोपलाई सरकारले देशैभरि ६० वर्ष भन्दा माथि ६५ वर्षसम्म उमेर समुहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।

‘सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउछु भने पछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं । अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको छ’, जनस्वास्थ्य प्रमुख कुँवरले भने । अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताए ।

कार्यक्रमअनुसार काठमाडौं महानगरले गएको मंगलबारदेखि पाँच दिनसम्म उमेर समूहअनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले आजसम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । कोभिड-१९ संक्रमण रोकथामका लागि आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ। काँग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हजार ११८ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । बोर्डले नेप्सेमा सूचीकृत ५१ कम्पनीमा चलखेल गरी मूल्य बढाइएको