Lifestyle Portal
  •   १६ चैत्र २०७९, बिहीबार
baburam bhattrai

संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको छ : बाबुराम भट्टराई

२८ जेष्ठ २०७८, शुक्रबार २१:४६


काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन् । उनले शुक्रबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि राष्ट्रिय जनता समाजवादी पार्टी ९जसपा० का राष्ट्रिय परिषद अध्यक्षसमेत रहेका भट्टराईले देशको संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको संकेत गरेका हुन् ।

‘यो सरकारले चुनाव घोषणा गरेको छ । ६ महिनामा चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव घोषणा गरेको सरकारले पटक–पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने, अध्यादेश जारी गर्नेजस्ता असंवैधानिक काम गरिरहेको छ ।’ उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ । संविधान नभएपछि जुन भ्याकुम पैदा हुन्छ । अनि त्यसमा खेलेर अन्ततः व्यवस्था असफल भयो भन्ने ग्राण्ड डिजाइन हो ।’

उनले सर्वोच्चले संसद पुनः स्थापना गरिदियो भने सबै भन्दा उपयुक्त निकास हुने बताए । भट्टराईले भने, ‘यदि प्रतिगामी शक्तिले षड्यन्त्र गरेर संसद पुनःस्थापना भएन भने जनता सर्तक हुनुपर्छ ।’

सभामुखले दलहरुसँग गरेको छलफलको पहल सही भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु

हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो