Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

रूसले इरानलाई अत्याधुनिक उपग्रह आपूर्ति गर्ने बिषय भ्रामक : पुटिन

२९ जेष्ठ २०७८, शनिबार १७:३९


मस्को । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलेरूसले इरानलाई अत्याधुनिक उपग्रहको आपूर्ति गर्ने तयारी गरिरहेको भन्ने समाचारमा कुनै सत्यता नरहेको भनी वाशिङ्टन पोस्टमा हालै प्रकाशित समाचारको खण्डन गरेका छन् ।

उनले वाशिङ्टन पोष्टमा आएको समाचारलाई इन्कार गर्दै भने, “यो केवल भ्रामक सूचना हो । मलाई यो कुरा जानकारी छैन । यसबारे जसले कुरा गर्दैछन्, उनीहरूलाई शायद यसबारे बढी थाहा होला । यो अर्थहीन प्रचार मात्र हो ।”

वाशिङ्टन पोष्टमा तेहरानले यस क्षेत्रमा सैनिक लक्ष्यहरू ट्र्याक गर्न सक्ने ‘सेटलाइट’ दिने तयारी रहेको भनी शुक्रबार प्रकाशित समाचारलाई इन्कार गर्दै भने, “हाम्रो द्विपक्षीय सम्बन्ध छ जुन पछिल्लो वर्षमा सबैभन्दा निम्न अवस्थामा पुगेको छ ।”

रूसी राष्ट्रपति पुटिनले एनबीसी न्यूजलाई शुक्रबार दिएको अन्तरवार्तामा पुटिनले आफु अमेरिकी समकक्षी जो बाइडेनसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

रूसी राष्ट्रपतिले रूस र अमेरिकाबीचको सम्बन्धहरू पछिल्ला बर्षमा कमजोर विन्दुमा पुगेको बताइरहेका समय यही जुन १६ गते दुई नेताबीच स्वीट्जरल्याण्डको जेनेभामा भेटवार्ता हुने कार्यक्रम रहेको छ ।

बाइडेन राष्ट्रपति निर्वाचित भएपछि पहिलो पटक विदेश यात्रामा युरोप पुगेका छन् । पछिल्ला वर्षहरुमा वाशिङ्गटन र मस्कोबीचको सम्बन्ध तनाबपूर्ण रहेको छ । युक्रेन, साइबर सुरक्षा, मानव अधिकार र संयुक्त राज्य अमेरिकाको चुनावमा भएको भनिएको हस्तक्षेपसँग सम्बन्धित मुद्दाहरूमा दुबै पक्षबीच परस्पर भिन्न मत रहेका छन् ।

बेलायतको शाही वायुसेना मिल्डेनहल बेसमा अमेरिकी सेना र तिनका परिवारलाई बुधवार बाइडेनले भने, “म स्पष्ट छु । रूसी सरकारले हानिकारक गतिविधिमा संलग्न भएमा संयुक्त राज्यले कडा र अर्थपूर्ण व्यवहार गर्नेछ । तर संयुक्त राज्य अमेरिका रूससँग स्थिर र अनुमानित सम्बन्ध चाहन्छ ।” यसले उनले रूससँगको समस्या तथा सम्बन्धलाई कुटनीतिक रूपमा सम्बोधन गर्दै अघि बढ्ने वाइडेनको सोचलाई झल्काउँछ ।


यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग