
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेल नियुक्त
२९ जेष्ठ २०७८, शनिबार १७:५४
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न विपक्षी गठबन्धनका सांसदले प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका थिए । त्यसको केही समयमै प्रदेश प्रमुख पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियूक्त गरेकी हुन् ।
उनको केहीबेरमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ । पोखरेललाई माओवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद् राजीव गुरुङको समर्थन छ । कांग्रेसका कृष्णचन्द्र पोखरेलले ३१ सांसदको हस्ताक्षरसहित हिजो दावी पेश गरेका थिए । प्रदेश मुख्यमन्त्रीका लागि पृथ्वीसुब्बा गुरुङले फेरि दावी पेश गरेपछि विपक्षी गठवन्धन विरोधमा उत्रेको थियो ।
प्रदेश प्रमुख सीता पौडेलले गण्डकीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन आज ३ बजेसम्मको समय दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो
काठमाडौं । प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको अभियोगमा पक्राउ परी हिजो डिल्लीबजार कारागार चलान गरिएका तीनै जना रिहा भएका छन् ।
अष्ट्रेलियाको गोल्ड कोस्ट शहरमा सम्पन्न “गुर्खास कप २०२३” को उपाधि आयोजक गुर्खास किचेनले जितेको छ । उपाधिका लागि फाइनल खेलमा