
गोरु काटेको अभियोगमा दश युवा पक्राउ
२९ जेष्ठ २०७८, शनिबार २१:२४
गलकोट– गोरु काटेका अभियोगमा गलकोट नगरपालिका –११ ठुलपोखरका दश युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गलकोट –११ ठुलपोखरीका ३१ वर्षीय बिष्णु श्रीष, सोही स्थानका ३६ वर्षीय लालबहादुर श्रीष, ३२ वर्षीय मोहनश्रीष, ३८ वर्षीय तुलबहादुर श्रीष र ३० वर्षीय यमबहादुर श्रीष छन् । यसैगरी ३५ वर्षीय टंक सुनार, २६ वर्षीय मनोज श्रीष, ४१ वर्षीय झम काउच , २८ वर्षीय बल बहादुर बि.क र ४४ वर्षीय वेलबहादुर श्रीष छन् ।
शुक्रबार राति गलकोट –११ ठुलपोखरी भन्ने स्थानमा गोरु काटेरमासु खाएको भन्ने सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार उनीहरुलाई जिल्ला सदरमुकाम झिकाइएको कार्यालयका प्रहरी नायवउपरीक्षक इकवाल हवारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,