yogesh bhattrai

गण्डकीमा पृथ्वीसुब्बाको सत्ता गएपछि योगेश भट्टराईको यस्तो छ, प्रतिक्रिया


काठमाडौं। गण्डकी प्रदेशमा एमालेको सरकार विस्थापन भएर शनिबार काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेपछि एमाले नेता योगेश भट्टराईले फेसबुकमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। उनले पार्टीको विवादकै कारण गण्डकीमा एमालेले सत्ता गुमाउनुपर्ने संकेत गरेका छन्। उनले भनेका छन्, ‘नेताहरुको अहंकार र शक्तिको टकरावमा कति पृथ्बी सुब्बाहरु पिल्सीनु पर्ने हो? ईन्द्रलाल सापकोटा र बिष्णु पन्थी जस्ता कतिले सत्ताको तिरस्कार सहनु र अग्नी परिक्षामा सामेल भईरहनु पर्ने हो? सबै प्रदेशमा दलका काम कार्वाहीको पुनः संरचना गर्न ढिला नगरौं।’

नेकपा खारेज भएसँगै गण्डकीमा एमालेको सरकार अल्पमतमा परेको थियो। तर, जनमोर्चाले समर्थन दिने भएपछि सरकार जोगिएको थियो। तर, एमालेको विवादका बीच जनमोर्चाले समर्थन फिर्ता लिएपछि एमाले गुरुङ अल्पमतमा परेका थिए। विहीबार प्रदेशसभामा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत गुमाएका थिए। फेरि सरकार बनाउने उनको प्रयास सफल हुन सकेन। शनिबार काँग्रेसका कृष्णचन्द्र नेपालीको गण्डकीको दोस्रो मुख्यमन्त्री नियुक्त भएका छन्।


Loading comments...