कांग्रेस सांसद वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता


मकवानपुर । वाग्मती प्रदेशका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेर मुद्दा दर्ता गराएका हुन् ।

सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । तर वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ ।

वैद्यले संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गरेकाले मुद्दा दर्ता हुन नसक्ने बताएका थिए । तर अभिव्यक्ति स्वतन्त्रताको धारालाई टेकेर फौजदारी कसुरमा मुद्दा गरिएको स्रोतले बताएको छ ।


Loading comments...