
किन्निहो डटकम इकमर्श वेबसाइट शुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध हुने
३ असार २०७८, बिहीबार ०८:१६
काठमाडौ, असार २ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेबसाइट किन्निहो डटकम (http://kinniho.com) सुरुभएको छ ।
कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरुगरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्नो वेबसाइटमा सबै प्रकारका ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ ।
किन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सिईओ नरेश पोखरेलले बताउनुभयो ।
उहाँले नयाँ वेबसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाईन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताउनुभयो ।
कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा ब्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामान विक्रि वितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, ईलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
जुत्ता तथा चप्पलसम्बन्धी स्वदेशी उत्पादनबारे नेपाली बिक्रेता र उपभोक्तालाई जानकारीदिने उदेश्यले ‘१६औँ अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी’ हुने भएको छ ।
ग्लोबल हस्पिटालिटी ग्रुप(जीएचजी ग्रुप)द्वारा संचालित लिटल बाइट बिस्ट्रो तथा होटल हार्मोनीले सेवा शुभारम्भ गरेको छ। झम्सीखेल स्थित रेस्टुरेन्ट तथा होटल
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सरोकारवालाहरुको उल्लेख्य सहभागिता देखिएको छ । एक्स्पोमा जलविद्युतसँग सम्बन्ध राख्नेहरुको
काठमाडौ । नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्थाबाट लगानी जुटाउन