पूर्वराजा भन्छन्ः विपत्तिले वस्ती उठीवास पार्दा हामी चिन्तित छौं


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरोले वस्तीका बासिन्दाहरूको उठीबास भएको खबरले आफू दुखित भएको बताएका छन् । कोरोना महामारीका बेला यस्ता प्राकृतिक विपत्तिले अझै धेरै क्षति पुर्‍याउन सक्ने भन्दै सबै जना सचेत तथा जिम्मेवार बन्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, “तीब्र वर्षात आउने समयमै अझै केके हुने हो ? यस्तो बेलामा सबै मिलेर महामारी र प्राकृतिक प्रकोपको न्यूनीकरण गर्नेतर्फ जिम्मेवार बन्नु पर्ने हुन्छ ।”

उनले पूर्व सावधानी राख्ने, तयारी गर्ने सजगता अपनाउने र उद्दार एवं राहतको व्यवस्था मिलाउन सबै ध्यान जानुपर्ने औंल्याएका छन् । उनले आग्रह गरेका छन्, “अवस्था विकराल नहोस्, अपार क्षती नहोस् र जनकल्याणकारी प्रबन्ध प्रभावकारी होस् ।”


Loading comments...