कमेडीमैं विभेद!


:: सन्ध्या भट्टराई ::

“संसार चुम्ने मेरो चाहना ! संसार चूम्ने मेरो चाहना!
छोरी मान्छे होस त गार्हो पर्छ भन्ने समाजको भावना
त्यहीं परिवर्तनशील हौ भन्ने समाजको असली परिवर्तन मेरो कामना”

रीसेंट एभिडेन्स हेर्ने हो भने महिला कमेडिमा लगेको सन १७ को मध्यबाट Phyllis Diller, Wanda Sykes, Gina Barreca जस्तो महिलाले त्यो मिसोग्येन्स्ट समाजलाइ चेतावनी दिएर आफनो नाम चर्चित कमेडीयनको रूपमा स्थापित गर्न सफल भएका छन् । त्यसै बिचमा संयुक्तराज्य अमेरिकामा मा गरिएको अध्ययन अनुसार स्ट्याण्डअपमा पुरुषको संख्या ८५ प्रतिशत छ भने महिलाको संख्या केवल १२ प्रतिशत छ ।

यो त भो कमेडीमा महिला सहभागीताको कुरो, समाजदेखि, सदनसम्म, नेतृत्वदेखि, निर्णयसम्म विश्वभर नै महिला-पुरूषकाबिचमा एउटा ठूलो फरक दूरी बनाइएको छ जहाँ महिलालाई साँच्चै नै धेरै पछाडी राखिएको छ ।

यो त ठ्याक्कै के भयो भने छोरीलाई तँ बलात्कृत हुनसक्छेस्, तैंले लाज बचाएर यो समाजको सामना गर्नुपर्छ भनेर एकातिर छोरीको स्कूलिङ गरिन्छ तर अर्कोतर्फ छोरोलाई कुनै परिवारले तैंले बलात्कार जस्तो अपराध गर्नसक्छस्, तैंले बलात्कार गरिस भने त बर्वाद हुन्छस्, समाजको कलंक बन्छस् भनेर स्कूलिङ गरेको देख्नुभएको छ त, छैन नी है?

अब यस्तोमा नेपालको स्ट्याण्डअप कमेडी र यसको शिकारमा छोरीमान्छे परेका छन् भन्ने कुरालाईं नाईनास्ति गरिराख्नै परेन । स्ट्याण्डअपमा महिला र पुरूष सहभागिताको औसतमा हेर्ने हो भने माहिलाको संख्या हातको औंलामा गन्न मिल्ने संख्यामा छ । फेरी यो समस्या नेपालमा मात्र होईन विश्व स्ट्याण्डअप कमेडीको बजारमा महिला कमेडियनको नाम सोधियो भने एकचोटी सोच्न बाध्य पार्छ तर, फेरी स्ट्याण्डअप कमेडीमा महिला कलाकारको कमजोर उपस्थिति हुनुमा आखिर कसको दोस त?

यस विषयमा यस्तो प्रश्न उठाउँदा महिला नै कमजोर हुन ! भन्नेहरुको पनि कमी हुँदैन होला तर, प्रत्येक ति घर जहाँ छोरी छन, त्यहाँको खुशी र रमाइलो देख्दा त्यो कुरा पनि मनले स्विकार्न सक्दैन । फेरी पुरुषले स्क्रिप्ट लेख्दा महिलकै बारेमा अधिकांश शब्द खर्चिएका हुन्छन्, त्यो हेर्ने हो भने महिला झन ह्यूमरस हुनपर्ने हो ! होइन र?

शायद यो कुरामा हाम्रै समाज, परिवारको नै दोष हो जस्तो लाग्छ मलाई । पुरुष कलाकारलाई दिइएको स्वतन्त्रताको दायरबाट उसले अभिव्यक्त गरेका पञ्चहरुमा कुनै जोखाना हेरिन्न, गज्बबको ‘पञ्च’ भनिन्छ तर, छोरी कलाकारले अभिव्यक्त गरेका कुराहरु हाम्रो समाजलाई पचाउन चैं किन गार्ह्रो ? यस्तो नि हुन्छ, छोरा-छोरी समान भनिदो समाजले छोरा छोरीको अभिव्यक्ति मैं असमानता बनाएका छन् ।

मनोरञ्जन क्षेत्र त्यसै त बहिरबाट हेर्दा खासै सुरक्षित नमानीने त्यसमाथी स्ट्याण्डअप कमेडीमा छोरीहरु खासै नजमेको र दर्शकलाई पनि उनिहरूको सबै पञ्च लाइन पचाउन गाह्रो भई रहेको देख्दा कसैलाई आइडल मानेर आऊन पनि गार्ह्रो भएको हो ।

यो कुराको पनि सिक्काको दुई पाटा जस्तै फाइदा, बेफाइदा छ । महिलाले स्ट्याण्डअप कमेडीको स्क्रिप्ट लेख्दा समाजले केही भन्छकी! भनेर दशौं पटक सोच्ने बनाउँछ भने मेरो महिला साथीले नै यो कुरा पचाऊँन सक्दैनकी भनेर सोच्छन । त्यस्तै यस्को बेफाइदा भने महिलालाई एउटा लक्ष्मण रेखामा राखेर यो गर त्यो नगर, भनेर रोक लगाई कथित लक्षमण रेखाको डर देखाएर बारम्बार होच्याइदा उनिहरूको संसार चुम्ने सपना घर भित्रै रणभूल्ल परेको छ ।

फेरी यसको अर्थ यो होइन की, हामीले सामाजिक मूल्य मान्यता र हाम्रो सांस्कृतिक धरालतको खिल्लि उडाउन कसैलाई स्वतन्त्रता छ । तर, जुन कुरालाई हामी अभद्र, शालिनता, शुशिल, छोरीमान्छे, लज्जा जस्ता महान शब्दहरुसँग महिला स्ट्याण्डअप कलाकारलाई जोडी रहेछौं त्यही महान शब्दहरुलाई कमजोरी मानेर पुरुष स्ट्याण्डअप कलाकारहरुले धज्जिया उडाइरहेका छन् भन्न त पाइयो नि हैन?

यो त ठ्याक्कै के भयो भने छोरीलाई तँ बलात्कृत हुनसक्छेस्, तैंले लाज बचाएर यो समाजको सामना गर्नुपर्छ भनेर एकातिर छोरीको स्कूलिङ गरिन्छ तर अर्कोतर्फ छोरोलाई कुनै परिवारले तैंले बलात्कार जस्तो अपराध गर्नसक्छस्, तैंले बलात्कार गरिस भने त बर्वाद हुन्छस्, समाजको कलंक बन्छस् भनेर स्कूलिङ गरेको देख्नुभएको छ त, छैन नी है?

तर, सोच्नुस त यदि सानैदेखि छोरो मान्छेलाई पनि यो ज्ञान, सिकाई र जागरण दिने हो भने संसारमा बलात्कारको घटनामा कस्तो कमी आउन सक्थ्यो?
यसर्थ घरदेखि, समाज, समाजदेखि, देश, देश देखि संसार हेर्ने र हेर्न चाहने नजरियामा परिवर्तन ल्याउन जरुरी छ ।

मैले सोचेको थिए कि त्यहाँ कमेडीमा गए पछि हल्का डबल मिनिङ जोक गर्नु पर्छ होला । त्यही सोचेर घरबाट आऊँदा आमालाई अहिलेको युवा पुस्तालाई जे पच्छ त्यो गर्छु होला तर, मलाई मेरो सीमा थाहा छ त्येसैले म माथी भरोसा गर्नु होला भनेर काठमाण्डौ आएँ । अडिसन भयो, त्यहाँ उपस्थित भएका सबैजनाको बिचमा बोल्नु नै मेरो लागि युद्ध जिते जस्तै थियो ।

त्यस्तै घर परिवारमैं हेर्ने हो भने अहिले पनि हाम्रो आमा बुवाले नव प्रविधिसँग साक्षात्कार गरिरहँदा छोरीहरुले स्ट्याण्डअपमा आफ्नो भविष्य बनाउँछु, यो पनि एउटा महान पेशा बन्न सक्छ भन्ने कुरो कसले बुझाइदिने ? बुझाउन खोज्यो “एउटा थाई जागिर खोज यो चाइने नचाइने नाटक गरि नबस” भन्ने जवाफले आफ्नो क्षमता र चरित्र दुवैमा पेशा कै कारण ठूलै गलत क्षेत्र नै रोजेछु की झै भएर आउँछ ।

मेडिया क्षेत्र, त्यसमाथी नेपाल जहाँ आय आर्जनको भर छैन, यस्तोमा परिवार आत्तिनु त ठीक होला तर मेरो कार्यमा मैले बोल्ने कुरा, प्रसङ्ग तथा प्रस्तुतीले परिवार नै आत्तिनु मलाई चैं सहज लाग्दैन । जमाना अनुसार अगाडी बढ्न देउ न हो परिवारजनहरु, आफ्नो इच्छा र ताकलाई ब्रेक लगाएर वेतन दिने कुर्सिमा ९-४ काम गरेर नी कसरी खुशी बटुल्नु? आफनो कदमा आफ्नो खुशीमा त कम्तीमा बाँच्न पाउनु पर्यो !

आफनो छोरीले कोमेडी गर्छु, केही नयाँ आँट गर्छु भन्यो भने सपोर्ट त ताढा नै जाओस त्यही पलबाट छोरीको बिहे हुन्न की भन्ने पीडाले आमा-बाउको छाति पोल्न थाल्छ । मैले त यहाँ स्ट्याण्डअप कमेडीमा महिला सहभागीताको उदाहरण मात्र बोली रहेछु । तर, सम्बोधन भने तमाम क्षेत्रलाई गरेकी हुँ । हो यही कारण हो महिलाले आफ्नो स्वतन्त्रताको खुल्ला उडान भर्न नसकेको आफ्नो सपना भन्दा दुई कदम माथी उठ्न हम्मे हम्मे परेको ।

वास्तविक रुपमा फेरी हेर्ने हो भने स्ट्याण्डअप कमेडीमा कमेडियनले समाजलाई अपच हुने कुरा बोलेर चर्चामा आएको र युवा पुस्ता पनी त्यसलाई नै कमेडीको रुपमा स्विकरेको देख्दा भने यो कोर्शलाई व्यवस्थित गर्न दर्शक र स्ट्याण्डअप उद्योग बसेर रि-वर्क गर्न आवश्यक छ । मेरी छोरीले त्यो चर्चित तर बदनाम फलानो जस्तो गरी भने……..? यो डरले डेरा जमाएको छ अधिकांश परिवारमा जहाँ परिवारकै सदस्यलाई छोरीले पेट अठ्याउनेगरी, मुर्छा पारुञ्जेल हँसाउन जानेकी हुन्छे । उनरुलाई डर छ, छोरी त्यस्तै हूलतिर ढल्ने हो की भन्ने शंकाले पनि यो विधातर्फ नजाओस् भन्न बाध्य भाएका छन ।

महिला कमेडियन हुन पाएको अवसर र यसैमा केही गर्ने प्रशस्त तयारी भए पनि यही विधामा निरन्तरता दिन नसकेको देख्दा धेरैको रहर खलबल्याएको छ । उडान भर्न आवश्यक प्वाँखहरु पनि झर्दै गएका छन् ।

आखिर किन सक्दैनन निरन्तरता दिन?
स्टेजमा धेरै केटाहरूको मिसोग्यी निस्ट जोकमा अरु चिच्यायर हाँस्दा आफू कतै हराएको अनुभवको कारणले होकि ! सोचे जस्तो प्लाटफर्म नपाएर होकि ! परिवारको दवाबले नै पो होकि ! अथवा केही उच्छृंखल दर्शक, श्रोताले अभिव्यक्त गर्ने तुच्छ नाङ्गा प्रतिक्रियाहरुका कारण हुन्? यि कुराहरु सोच्न लायक छन् ।

मनोरञ्जन क्षेत्र त्यसै त बहिरबाट हेर्दा खासै सुरक्षित नमानीने त्यसमाथी स्ट्याण्डअप कमेडीमा छोरीहरु खासै नजमेको र दर्शकलाई पनि उनिहरूको सबै पञ्च लाइन पचाउन गाह्रो भई रहेको देख्दा कसैलाई आइडल मानेर आऊन पनि गार्ह्रो भएको हो ।

पुराना पसस्ताका अग्रजहरुबाट एकल हास्य प्रस्तुतीबाट बडो मिहिनेतले शुरूवात भएको हाम्रो विगतलाई यो पुस्ताले निरन्तरता दिएर आगामी पिढीको छोरीलाई खुलेर आऊने बाटो तयार गर्न जरूरी छ ।

यी सब चपेटामा म पनि छोरी मान्छे स्ट्याण्डअप कमेडीमा जाने आँट त गरेकी थिएँ र त्यही रहरका बारेमा आफनो परिवारलाई बुझाउन पनि बेग्लै चुनौती थियो । मेडिकल पढिराको बिद्यार्थी तेसै त समयको अभाव, पढाईको चपूवामा त्यो रहर मेरो लागि पनि चुनौती नै थियो त्यसमाथी बिहान ९-४ कलेज र ८०% हाजिरी हुनुपर्ने कलेजको अनिवार्यताले मलाइ पनि धेरै डुबायो तर अहिले नगरे कहिले भन्ने कुराले पछिका समयमा जिन्दगीको गाथा पलटाएर हेर्दा समय मात्रको कारणले यस्तो गर्न सकिन नत्र म आज यो ठाऊँमा हुन्थे भन्ने चेत भयो । यस्तो पछुतो मेरो मैले मेरो आमा, बुवा, आफन्तको जीवन भोगाइको बारे सानोबाटै सुनेकि थिएँ । मैले त्यो गल्ती दोहोर्र्याउने छैन भन्ने भावले नै प्रोत्साहित गर्यो र मैंले यो स्ट्याण्डअप कमेडीको विधालाई अंगाले ।

मैले लिएको निर्णयमा मेरो परिवारले यो उमेर एक दुई दिनको जोस हो पछि आफै सेलाउछ भन्ठाने की के हो खासै आपत्ती जनाउनु भएन । त्येती बेला मैले मेरो पहिलो स्क्रिप्ट लेखीसकेकि थिए तर जाने काँहा भन्ने अन्यौलका बिच Nep-Gasm कमेडीको बारेमा थाहा पाएँ । मैले सोचेको थिए कि त्यहाँ कमेडीमा गए पछि हल्का डबल मिनिङ जोक गर्नु पर्छ होला । त्यही सोचेर घरबाट आऊँदा आमालाई अहिलेको युवा पुस्तालाई जे पच्छ त्यो गर्छु होला तर, मलाई मेरो सीमा थाहा छ त्येसैले म माथी भरोसा गर्नु होला भनेर काठमाण्डौ आएँ । अडिसन भयो, त्यहाँ उपस्थित भएका सबैजनाको बिचमा बोल्नु नै मेरो लागि युद्ध जिते जस्तै थियो । मेरो सपना र खुशीले गर भनेको कुरो डोर्र्याएको भएर होला मलाई थोरै पनी डर लागेन । त्यहाँको दाई सबैजानाले प्रोत्साहन गरेर मेरो कमी कमजोरी र मेरो तागतलाई मसँग परिचय गराइदिनुभयो र मेरो सबै भन्दा ठुलो डर डबल मिनिङ सामाग्री बोल्नु पर्छ होला भन्ने कुरा प्रतिको भ्रम पनि सक्कियो । हामिलाई भाइरल स्क्रिप्ट भन्दा दर्शकको मनमा बस्न सक्ने सबै उमेरकोले सुन्न, हेर्न मिल्ने कन्टेन्ट पो चहिनेरछ र त्यही सोचका साथ सकेको कोशिस गर्दै समय मिलायर यसैमा लागी परेकी छु ।

अहिले सब फर्केर हेर्दा आफू स्ट्याण्डअप कमेडीमा कहीं नभए पनी म स्वयमको व्यक्तित्व विकास र आत्मविश्वास बढेको देख्दा खुशी लाग्छ र मान्छेहरूले सामाजिक संजालमार्फत आफ्ना अभिव्यक्तिहरु सन्देशको रुपमा पठाएर तारीफ गरिदिंदा, सल्लाह दिंदा जिन्दगीमा यो कुरा आँटेको दिन सम्झिन्छु र आफ्नो निर्णय क्षमताप्रति आफूमाथी गर्व लाग्छ । यसरी नै सपना सबैले देख्छन त्यो ठूलो कुरा होइन रहेछ, सपना पूरा गर्नका लागि मेहेनत गरेर अगाडी बढ्नु चैं महत्वपूर्ण रहेछ । जिन्दगी हो हार जीत भैराख्छ तर अरु सबले सपना देखिरहँदा म एक कदम माथी उठी सपना पुरा गर्न लागि पर्दाको खुशी र सन्तुष्टि अरु चीजले नदिने रहेछ ।

त्यसैले, तँ महिला हो तैले यो गर्न हुन्छ, यो हुदैन भन्ने अरुले कोरिदिएको सीमा भीत्र रहेर बस्ने होइन त्यो सीमा भन्दा माथी उठेर हामी त्यो भन्दा पनि माथी छौं भन्ने क़ुरा प्रमाणित गरौं न साथीहरु, आफ्नो सपना र खुशीका लागि थोरैमात्र भएपनि प्रयास गरौं र मूल्यमान्यतादेखि माथी उठेर स्वतन्त्रताको ब्यापक उडान भर्न पछाडी नहटौं ।

कमेडीलाई जोगाऊ !! कमेडीलाई बढाओैं!

सन्ध्या भट्टराईका Stand-Up सामाग्रीहरु हेर्नुहोस्ः


Loading comments...