Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

सिन्धुपाल्चोकको बाढीका नाममा चन्दा वा सहयोग उठाए कारबाही

५ असार २०७८, शनिबार ०३:५०


सिन्धुपाल्चोकको मेलम्ची तथा इन्द्रावती नदीको बाढीबाट पीडित भएकाको नाममा चन्दा तथा सहयोग संकलन गर्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले शुक्रबार एक सूचना जारी गरी बाढीको नाममा चन्दा वा सहयोग संकलन नगर्न आग्रह गरेको हो । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २४ (१) (ख) बमोजिम अनुमति लिई वा नलिई विपदका नाममा चन्दा, राहत वा सहयोग संकलन गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ । साथै यसै बाढीको बहानामा
बजार मूल्य बढाउने, कृत्रिम अभाव सिर्जना गर्ने गुणस्तरहीन वस्तु विक्री गर्ने गरेको पाइएका पनि कानुनअजुसार कारकाही गरिने सूचनामा भनिएको छ । यसो गरेका दुई वर्ष कैद तथा एक लाख रुपैयाँ जरिवाना गराउने चेतावनी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले दिएको छ ।

यसो गरिएमा नजिकको प्रहरी चौकी वा ९८४१३९२८८३ मा जानकारी आग्रहसमेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको