
काँग्रेस महाधिवेशनको नयाँ मिति तोकियो (कार्यतालिकासहित)
५ असार २०७८, शनिबार ०६:०४
काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन कार्यतालिका संशोधन भएको छ। काँग्रेस केन्द्रीय समितिको शुक्रबार बसेको बैठकले महाधिवेशनको कार्यतालिका संशोधन गर्ने निर्णय गरेको छ।
यसअघि महाधिवेशन भदौ ७ देशदेखि १० काठमाडौंमा १४ औं महाधिवेशनको मिति तोकिएकोमा अब सो मितिमा महाधिवेशन नहुने भएको छ। महाधिवेशनको नयाँ मिति भदौ १६ देखि १९ का लागि तय गरिएको छ। महाधिवेशनको मिति परिवर्तन गरिएसँगै गाउँ, वडा, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश अधिवेशनको मिति पनि परिवर्तन भएको छ।
यस्तो छ कार्यतालिका
१ वडा अधिवेश २०७८ साउन १२ गते।
२ गाउ नगर अधिवेशन २०७८ साउन १६ गते।
३ प्रदेश सभा क्षेत्रीय अधिवेशन २०७८ साउन २० गते।
४ प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन १ मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको जिल्ला अधिवेशन २०७८ साउन २३ गते।
५ १ भन्दा वढि निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन २०७८ साउन २६ गते।
६ प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते।
७० केन्द्रीय महाधिवेशन २०७८ भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुने।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको