
धितोपत्र बोर्डविरुद्धको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश
७ असार २०७८, सोमबार ००:३६
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सार्वजनिक गरेको ५१ वटा कम्पनीको सूचिका विरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
आइतबार भएको सुनुवाईमा न्यायाधीश डा. कुमार चुडालले निवेदकको निर्विवाद हकमा असर नपरेको भन्दै अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश जारी गरेको हो ।
अधिवक्ता रविन बोहजुले धितोपत्र बोर्डका विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
रिटको सुनवाई गर्दै बोर्डले विपक्षी बोर्डलाई आदेश प्राप्त भएको मितिले बाटोको म्याद बाहेक १५ दिनभित्र किन अन्तरिम आदेश जारी गर्न नपर्ने हो भन्ने आधार कारण सहित पेश गर्न भनेको छ ।
‘निवेदकले अन्तरिम आदेश समेत जारी गरी पाउँ भनि गरेको निवेदन मागका सम्बन्धमा हेर्दा विपक्षी धितोपत्र बोर्डमा दर्ता रहेका विभिन्न कम्पनी समेतको विविध आर्थिक अवस्था सर्वसाधारणको जानकारीका लागि प्रकाशन गरेको कार्यले निवेदक निर्विवाद हकमा असर पारेको भन्ने नदेखिँदा निवेदक माग बमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन,’ आदेशमा भनिएको छ ।
बोर्डले गत मंगलबार सेयर बजारमा विभिन्न कम्पनीको सेयर मूल्यमा चलखेल भएको भन्दै ५१ वटा कम्पनीको सूची सार्वजिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो
भारतीय राजदूतावास, काठमाडौंले मिति २०७९ चैत्र १० गते इण्डिया हाउस परिसरमा एक समारोहको आयोजना गरी ५८ औं भारतीय प्रविधिक तथा