
पेट्रोेलियम पदार्थको मूल्य फेरी बढ्यो, कसको मूल्य कती?
९ असार २०७८, बुधबार २३:५४
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढिरहेको भन्दै नेपाल आयल निगमले आज एक विज्ञप्ती जारी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको बताएको छ । पछिल्लो पटक गत जेठ २२ गते पनि निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको आन्तरिकतर्फको मूल्यमा वृद्धि गरेको थियो ।
निगमद्वारा जारी विज्ञप्तीमा लेखिएको छः
पछिल्ला दिनहरुमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य निरन्तर बढिरहेको अवस्थामा ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचि अनुसार निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि,२०७१ अनुसार विक्री मूल्य समायोजन गर्दै आएको व्यहोरा सबैमा अवगत भएकै विषय हो । निगमलाई पछिल्लो पटक १ जुन २०२१ मा प्राप्त खरिद मूल्यको आधारमा मिति २०७८/०२/२२ मा काठमाण्डौ उपत्यकाको लागि पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई इन्धन (आन्तरिक को साविकको बिकि मूल्यमा रू २।०० ले वृद्धि गरी क्रमशः रू. १२५।००, रु. १०८।०० तथा रू. ८०।०० प्रति लिटर कायम गरेको थियो, भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ प्रति किलो लिटर अमेरिकी डलर ७१५ कायम गरिएको थियो । उक्त मूल्य समायोजन पश्चात् कोभिड १९ को बिक्रिको अबस्थामा निगमलाई १५ दिनमा मात्रै करिव रू. ५९.९८ करोड घाटा हुने अवस्था थियो ।
असार २, २०७८ (१६ जुन २०२१) मा पेट्रोलियम पदार्थको अन्तराष्ट्रिय बजार मूल्य अनुसार निगमलाई ईण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य अनुसार निषेधाज्ञाको समयमा भएको विकी परिमाणलाई हिसाव गर्दा १५ दिनमा मात्रै निगमलाई करीब रू. ७७ करोड घाटा हुने अवस्था देखिन्छ । पछिल्लो तीन वर्षको अवधिको तुलना गर्दा हाल कच्चा तेलको मूल्य उच्च रहेको छ । साथै अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाको अवमूल्यन हुने क्रम नरोकिने र अन्तराष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भइरहने हो भने निगमले आगामी दिनमा समेत पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने वाध्यता आउन सक्ने देखिन्छ। निगमले अन्तर्राष्ट्रिय मूल्य घट्न सक्ने आंकलन गरी १६ जुन २०२१ मा मूल्य वृद्धि गरेन । तर तत्पश्चात् अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएको र नेपाली मुद्राको पनि अवमुल्यन भैरहेकोले निगमले मूल्य वृद्धि गर्नुपर्ने वाध्यात्मक अवस्था श्रृजना भएको छ ।
तसर्थ, स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधिले निर्दिष्ठ गरे अनुसार मिति २०७४।०३।०९ को राति १२:०० बजे देखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिकको बिक्रि मूल्यमा रू. २१०० ले वृद्धि गरी काठमाण्डौं (निगमको डिपो क्षेत्रको १५ कि.मि. परिसर भित्र) को लागि नयाँ खुद्रा विक्रि मूल्य क्रमशः रू. १२७१०० रू. ११०।०० प्रति लिटर कायम हुनुका साथै हवाई इन्धन (आन्तरिक उडान) मा प्रति लिटर रु. २१०० ले वृद्धि गरि नयाँ विक्री मूल्य रू. ८२ प्रति लिटर र हवाई इन्धन (अन्तर्राष्ट्रिय उडान)मा प्रति किलो लिटर अमेरिकी डलर २० ले वृद्धि गरि नयाँ विक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय गरिएको छ ।
यस मूल्य समायोजन पश्चात् पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ५१७५, डिजेलमा प्रति लिटर रू. ३।५३ तथा एल.पि.ग्याँसमा प्रति सिलिण्डर रू. २५८।७१ घाटा नै रही हाल निषेधाज्ञा समयको विक्रि परिमाण अनुसार हिसाब गर्दा १५ दिनमा करिब रू. ६४।९७ करोड घाटा हुने देखिन्छ, जस मध्ये एल.पि.ग्याँस तथा डिजेलको कारोबारबाट मात्र क्रमशः करिब रू ३८ करोड तथा करिव रू. २२ करोड घाटा हुने अवस्था छ । घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिनेछ । हालको मूल्य समायोजन पश्चात् पनि भारतिय सिमाको रक्सौलसँग जोडिएको नेपालको विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर रू. ३५१३५ र डिजेल प्रति लिटर रू. ४२ । ५५ ले नेपाल तर्फ सस्तो रहेको सम्बन्धित सबैमा यसै विज्ञप्ति मार्फत् जानकारी गराईन्छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको कारण आम सर्वसाधारणमा पुग्न जाने असुविधा प्रति निगम क्षमायाचना गर्दै यहाँहरूको आवश्यक सहयोगको अपेक्षा गर्दछ ।
धन्यवाद ।
नेपाल आयल निगम लिमिटेडका प्रवक्ता ई. विनित मणि उपाध्यायद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीको वास्तविक प्रति यहाँ छः
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन
काठमाडौं । गाडी दुर्घटनामा परेमा क्षतिपूर्ति त जुनसुकै बीमा कम्पनीले पनि दिन्छन् । तर, तपाईंको घरखर्च चलाउन र बैंकको किस्ता
काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वाग्मती सभ्यताको जगेर्ना गर्ने काम पहिलो प्राथमिकतामा हुनुपर्ने बताएका छन् । बुधबारबाट सुरु
हाम्रो राष्ट्रिय अर्थ व्यवस्था जहिले पनि अलमलमा रहेको छ। बदलिंदो परिस्थितिमा हामीले अर्थ व्यवस्थामा पनि परिवर्तन गर्नुपर्ने थियो, तर त्यस्तो