
के हो बोरेक्स पाउडर र यसले तपाईंको कामलाई कसरी सजिलो बनाउँछ? यस्तो छ फाइदाहरु
बोरेक्स पाउडर एउटा यस्तो केमिकलयुक्त उत्पादन हो जसको मद्दतबाट तपाईं आफ्नो घरको कैंयन कामलाई सजिलो बनाउन सक्नुहुन्छ ।
बर्षाको मौसम छ र बिभिन्न किराहरुबाट दिक्क हुनुहुन्छ भने बोरेक्स अहिले आवश्यक छ । त्यस्तै भाडाकुडा अथवा घरमा लगाइएको इनडोर अथवा आउटडोर टायल्सलाई सर-सफाई का लागि बोरेक्स पाउडरको प्रयोग गर्न सक्नुहुनेछ ।
आज तपाईंलाई बोरेक्स पाउडरसँग सम्बन्धीत केही महत्वपूर्ण ह्याक्स (समाधान) हरु जानकारी दिन्छौं, यो जानकारीको सहयोगमा तपाईं पनि आफ्नो दैनिक जीवनमा यसको सही तरिकाले प्रयोग गर्न सक्नुहुनेछ । यो अवश्य तपाईंलाई मनपर्नेछ !
१) फ्रिजलाई सफा तथा कीटाणु-मुक्त गर्नुहोस्
फ्रिजलाई सफा तथा कीटाणु-मुक्त गर्नका लागि तपाईंले बोरेक्स पाउडरको प्रयोग गर्न सक्नुहुनेछ । यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो फ्रिजलाई राम्ररी खाली गर्नुहोस्, हेर्नुहोस् खुनै खानेकुरा अथवा आइस फ्रिज भित्र छैन । त्यसपछि एउटा स्प्रे बोतलमा बोरेक्स पाउडर तथा पानी भर्नुहोस् । ध्यान दिनुहोस्, बोरेक्स पाउडरको मात्रा धेरै नहोस् । एक लिटर पानीमा एक ठूलो चम्मच बोरेक्स पाउडर काफी हुन्छ ।
यसपछि तपाईंले आफ्नो फ्रिजमा बोरेक्स र पानी मिसाएर तयार पार्नुभएको घोलले राम्ररी स्प्रे गर्नुहोस् । र २-३ मिनेट पछि सफा नरम कपडाले बोरेक्सको स्प्रे गरेजति स्थानलाई राम्ररी पुछ्नुहोस् ।
२) घरबाट बर्षामा देखिने किराहरु भगाउनुहोस्
बर्षाको मौसममा घरमा बिभिन्न खाले किराहरु आएर दुःख दिन्छन् । यदि तपाईं यो समस्याबाट पीडित हुनुहुन्छ र यसबाट समाधान चाहनुहुन्छ भने यसका लागि पनि बोरेक्स पाउडरको प्रयोग गर्नसक्नुहुनेछ ।
तर कसरी?
सबैभन्दा पहिले १ लिटर पानीमा दुई ठूलो चम्मच बोरेक्स पाउडर तथा एक ठूलो चम्मच कागतीको रस मिसाएर घोल तयार पार्नुहोस् । यसरी तयार भएको घोललाई स्प्रे बोतलमा भरेर घरको सबै भागमा विशेष त बाहिरबाट कोठामा भित्रिने खुल्ला भागहरुमा छर्किनुहोस् ।
यसले बर्षाका किराहरुलाई घरमा कहिल्यै छिर्न दिनेछैन ।
३) कुनैपनि दागलाई सजिलै हटाउँछ
बोरेक्स पाउडरको प्रयोग कपडा या भूईँमा लागेका कुनैपनि किसिमका दागहरुलाई सजिलै हटाउनका लागि पनि उपयोगी हुन्छ ।
यसका लागि के गर्ने त?
एक लिटर हल्का तातो पानीमा दुई ठूलो चम्मच बोरेक्स पाउडरलाई राम्ररी मिसाउनुहोस् । यस पछि दाग भएको ठाउँमा राम्री छर्केर ५-१० मिनेटका लागि भिज्न छाड्नुहोस् र ब्रशले दलेर हेर्नुहोस् समाधान देख्नुहुनेछ ।
४) भाडा तथा टायल्सलाई सफा गर्नुहोस्
बोरेक्स पाउडरको प्रयोग भाडाकुडा तथा टायल्सलाई सफा गर्नका लागि उपयोगी हुन्छ । भाडाकुडाको सर-सफाईका लागि पहिले एक गिलास पानीमा एउटा ठूलो चम्मच बोरेक्स पाउडर मिसाउनुहोस् । यसरी तयार भएको घोललाई भाडा माज्न प्रयोग गरिने डिशवास लिक्विड अथवा साबुनको बिकल्पको रुपमा प्रयोग गर्नुहोस् ।
त्यस्तै टायल्सलाई सफा गर्नका लागि एक लिटर पानीमा ३ ठूलो चम्मच बोरेक्स पाउडर तथा थोरै सरफ राखी राम्ररी घोल तयार पार्नुहोस् । यसरी तयार भएको घोललाई टायल्स सफा गर्न प्रयोग हेर्नुहोस् नियमित टायल्स सफा गर्ने विधि भन्दा धेरै फरक नतिजा आँखै अगाडी हुनेछ ।