Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

विहारः शंकास्पद् आठवटा ड्रोन सहित ३ पक्राउ

१७ असार २०७८, बिहीबार ०९:२१


नेपालसँग सीमा जोडिएको भारतको बिहारमा आठवटा चिनियाँ ड्रोन बरामद गरिएको छ । बिहारको पूर्वी चम्पारण, मोतिहारी जिल्ला के कुण्डवा चैनपुर में ड्रोनसहित तीनजनालाई पक्राउ गरिएको भारतका सुरक्षा अधिकृतहरूले जानकारी दिएका छन् ।

भारतको सशस्त्र सीमा बलले शनिवार एउटा सेतो कार रोकेको अनि त्यसमा बेग्लाबेग्लै बाकसमा आठवटा ड्रोन क्यामरा पाइएको सई दयानन्द कुशवाहाले बताए । ‘कारमा बस्नेहरूले कहाँबाट ड्रोन ल्याएको भन्ने सन्तोषजनक उत्तर दिन सकेनन् । हामीले उनीहरूबाट नेपाली मुद्रा पनि बरामद गरेका छौं,’ कुशवाहाले बताए ।

नेपालबाट शंकास्पद सेतो हुण्डाई गाडी राती जाँदैछ भन्ने जानकारी
एसएसबी उप निरीक्षक दयानन्द कुशवाहाका अनुसार, “सेतो रंगको कारबाट केही प्रतिबन्धित सामान भारत आउँदै गरेको हामीलाई जानकारी थियो । यही जानकारी पश्चात गुरहनवामा राति गश्तीमा रहेका जवानहरुले सीमाभित्र नाका लकाइसकेका थिए । यस क्रममा रातपख नाकातर्फ आउँदैगरेको हुण्डाई कारलाई खोज तलाश गर्ने क्रममा आठ वटा डब्बामा राखिएको चाइनीज ड्रोन क्यामरा बरामद गर्न सफल भयौं ।”

पक्राउ पर्नेमा विकी कुमार रौनियार, कृष्णानन्द कुमार र राहुल कुमार छन् । कुन्दवा चैनपुर प्रहरी कार्यालयका स्टेसन हाउस अफिसर मिथिलेश कुमारले पक्राउ परेका तीनैजनालाई थुनामा पठाइएको बताए । ड्रोन क्यामरा विवाहको शूटिङ गर्नका लागि ल्याइएको भनी पक्राउ परेकाहरूले बताएको पूर्वी चम्पारणका एसपी नवीनचन्द झाले जानकारी दिए ।

तर प्रहरीले सबै कोणबाट अनुसन्धान गरिरहेको उनको भनाइ छ । गत आइतवार जम्मुमा रहेको भारतीय वायुसेनाको स्टेसनमा ड्रोन आक्रमण गरिएको सन्दर्भमा यो घटना सार्वजनिक भएको हो ।

तस्वीरः DGSSP-Bihar

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा

भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको