Lifestyle Portal
  •   ८ श्रावण २०७८, शुक्रबार

सिंगापुरले सिनोभ्याक खोप लिएकाहरुलाई COVID-19 खोप तालिकामा समावेश नगर्ने

२४ असार २०७८, बिहीबार ०९:००

सिंगापुरले Sinovac Biotech (SVA.O) द्वारा उत्पादित चिनियाँ भ्याक्सीनलाई खोप लगाइसकेका नागरिकको तालिकामा नराख्ने निर्णय गरेको छ । सिंगापुरको राष्ट्रिय खोप गणनामा चिनियाँ खोप लगाएका व्यक्तिहरूको संख्या समावेश हुनेछैन । त्यहाँको स्वास्थ्य मन्त्रालयले चिनियाँ भ्याक्सीन सिनोवाक-कोरोनाभ्याक्स खोपलाई मान्यता नदिइएकोले सो खोप लिने व्यक्तिहरूको संख्या राष्ट्रिय खोप गणनामा समावेश नगरिने Reuters ले सार्वजनिक गरेको छ

मन्त्रालयका एक कर्मचारीले भने,’मोर्डेना र फाइजरका खोप लिएका ब्यक्तिहरुको मात्र खोप लिएको संख्यामा गणना हुन्छ ।’

स्वास्थ्य मंत्री ओंग ये कुङले बुधवार राखेको एक मीडिया ब्रीफिंगका क्रममा भने, “हामीसँग वास्तवमा कुनै चिकित्सा या वैज्ञानिक आधार छैन अथवा यो स्थापित गर्नका लागि हामीसँग कुनै डेटा छैन कि सिनोवाक संक्रमण तथा डेल्टामा संवेदनशील बिरामीहरुका सम्बन्धमा कती प्रभावकारी छ ।”

मन्त्रालयको वेवसाइटका अनुसार हालसम्म लगभग २२ लाखले मोर्डेना वा फाइजरका दुबै डोज खोप लगाएका छन् भने ३६ लाखले मोर्डेना वा फाइजरको पहिलो डोज लिएका छन् । लगभग १७ हजार मानिसहरुले भने सिनोवाक खोप लिएका छन् ।

सिंगापुरमा जुन १८ मा केही निजी स्वास्थ केन्द्रहरुले सिनोवाक खोप दिएको थियो । यद्यपि नियामक निकायले त्यस खोपलाई अझै अनुमोदन गरेको छैन ।

फाइजर र मोर्डेनाको खोप गम्भीर बिरामीलाई निको पार्न र मृत्युलाई रोक्न अधिक प्रभावकारी रहेको र भाइरस फैलनबाट रोक्न समेत प्रभावकारी भूमिका खेल्ने सिंगापुर प्रशासनको अनुसन्धानले देखाएको छ ।

चिनियाँ खोपले भने गम्भीर बिरामीको नियन्त्रण र मृत्युलाई रोक्न प्रभावकारी नरहेको तथा भाइरस फैलनबाट पनि रोक्न नसक्ने सो अनुसन्धानले देखाएको थियो ।

 

गत वर्ष पहिलो पटक महामारी फैलिएपछि सिंगापुरले ६२,६५२ संक्रमित भएको सूचना जारी गरेको थियो, जसमध्ये अधिकांश आप्रवासी श्रमिकहरुमा संक्रमण भेटिएको थियो । तर गत बुधवार संक्रमणका केवल पाँच नया तथ्यांक अगाडी आएका छन् । सिंगापुरमा COVID-19 सँग सम्बन्धित मृत्युको संख्या ३६ मात्र हो, जुन संसारमैं सबैभन्दा न्यून मृत्यु संख्यामध्ये एक हो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

एजेन्सी । पाकिस्तानमा अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । अफगान राजदूत अलिखिलकी २६ वर्षीया छोरी सिलसिला अलिखिलको

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

विवेकशील साझा युवा संगठनका सचिव तथा पार्टीका केन्द्रीय समिति सदस्य अमित पाठकले सर्वोच्च अदालतको फैसलाले प्रतिगमनलाई परास्त गरेको बताएका छन्।

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति