
मिस्टर अमेरिका २०२१ को नेचुरल प्रो क्वालिफायरमा उत्सवको कमाल, फरक विधामा नम्बर एकको यात्रातर्फ
२७ असार २०७८, आईतवार ०९:३०
कपिल गौतम, अमेरिका । संसारभर नेपाली जहाँ रहेपनि आफ्नो पौरख तथा शानका गाथाहरु रच्दै आएका छन् । बुटवलमा जन्मिएका उत्सव सिंहले संयुक्त राज्य अमेरिकाको MR USA 2021 NATURAL PRO QUALIFIER प्रतियोगितामा दुईवटा स्वर्ण पदक जितेर नेपाल र नेपालीको नाम उच्च राख्न सफल भएका छन् । यस प्रतियोगीतामा कुनैपनि सहभागीले डब्बाबन्द पोषकत्तवहरु (Supplement) को सेवन नगरी प्राकृतिक खानेकुराहरुको सेवन गरी शारिरिक सुगठन गरेको हुनुपर्दछ । र उत्सव यस विधाका गौरब हुन् ।
अमेरिकामा उत्सव सिंह QUALIFIED PRO ATHLETE को अहिलेसम्मको उपाधि श्रृंखला अन्तर्गत PRO CARD जित्ने पहिलो नेपाली हुन । अमेरिकाको ‘MUSCLE & FITNESS MAGAZINE’ को मुख्य पृष्ठमा सार्वजनिक हुन उक्त MAGAZINE ले आयोजना गरेको Voting Competition मा TOP 5 को दोस्रोमा रहेका उत्सवले आफुलाई दैनिक अनलाईन भोट गर्न समेत सबैमा अनुरोध गरेका छन् ।
२० हजार अमेरीकि डलर उपाधि रकम रहेको यस प्रतियोगिता यदि मैंले जिते भने संसारभर केही सकारात्मक प्रभाव छाड्ने प्रयास गर्नेछु । उपाधि रकमको केही भाग शिशु स्याहार अथवा घरविहिनहरुका लागि दान गर्नसक्छु । म नेपालमा घर फिर्ता जान चाहनेहरुका लागि पनि केही अनुदान दान गर्नेछु, जो अहिले COVID-19 तथा लकडाउनका कारण वास्तवमा कठिन समयको सामना गरि रहेका छन् । साथै केही रकम म मेरो ट्यूशनका लागि छुट्याउनेछु जसले मलाई प्रमाणित निजी प्रशिक्षकको रुपमा डिग्री प्राप्त गर्न सहयोग गर्नेछ ।
नेपाल र नेपालीको नाम उच्च राख्न दैनिक अनलाईन भोट गरि उत्सवलाई उपाधि श्रृंखलाको शिर्षस्थानमा पुर्र्याउनका लागि यस लिंकमा थिच्नुहोस्ः https://featured.muscleandfitness.com/2021/utsav-sing
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठूला अस्पतालहरुमा लक्षित वर्ग निःशुल्क उपचार अवस्थाको अनुगमन सुरु गरेको छ । यस क्रममा स्वास्थ्य विभागका
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको राष्ट्रपति भवनमा
भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता भएको छ । भारतको