चिनियाँ ह्याकरहरुद्वारा नेपाल टेलिकममाथी ठूलो साइबर हमला


काठमाण्डौ । चीनबाट नेपाल टेलिकममाथि भयङ्कर ठुलो ‘साइबर हमला’ भएको छ । चिनियाँ ह्याकरहरुले टेलिकममा यस्तो आक्रमण गरी प्रयोगकर्ताको कल डिटेल चोरिसमेत गरेका छन् ।

दूरसञ्चार कम्पनीले प्रयोग गरेको ओराकल ग्लाश फिश सर्भर ह्याक गरी चिनियाँ ह्याकरहरुले नेपालीहरुको सबै कल डिटेल चोरी गरेका हुन् । प्राविधिक विज्ञहरुका अनुसार ह्याकरहरूले एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ४१ र एड्भान्स पर्सिस्टेन्ट थ्रेट (एपीटी) ७१ ट्याक्टिस र ब्याकडोर वेपन प्रयोग गरेका छन् ।

ह्याकरहरूले टेलिकमको सर्भरबाट एपीटी ४१ र एपीटी ७१ मा सीडीआर डेटा लगेको देखिएको छ । टेलिकमको सर्भरबाट चोरी भएको डेटा बिक्रीका लागि डार्कवेबमा राखेको समेत भेटिएको छ । जस अन्तर्गत गत जुन २९ मैं टेलिकमको सीडीआर कल डेटा रेकर्ड २५० अमेरिकी डलरमा बिक्रीमा राखिएको छ ।


Loading comments...