Lifestyle Portal
  •   ८ श्रावण २०७८, शुक्रबार

कंक्रिटको शहर बसाउने मेयरको सपना, विपि उद्यानको जग्गामा किन गिद्धेनजर?

३० असार २०७८, बुधबार ०९:३२

वीरगञ्ज, सन्तोष देवकोटा । विपि उद्यानको जग्गामा अन्य निर्माणको कार्य गर्दै आईरहेको वीरगञ्ज महानगरले प्रकृति मास्ने काम गरेकोले वीरगञ्जवासीले यसको कडा प्रतिवाद गर्नुपर्ने कुरा युवा नेता धिरज गुप्ता बताउनुहुन्छ । “हामी सानै छँदा विकासप्रेमी पूर्व मेयर गोपाल गिरिको पहलमा भूमाफियाको कब्जाबाट जोगिएको यातायात संस्थानको उक्त जग्गा विभिन्न बहानामा पटक पटक विभिन्न गिद्धेयोजनाको शिकार हुँदै आएको छ ।”

युवा नेता धिरज गुप्ता

“वीरगञ्जलीको ड्रिम प्रोजेक्ट ‘विपि उद्यान’का लागि संरक्षित उक्त जग्गामा वीरगञ्ज महानगरपालिकाले पार्किङको बहानामा कंक्रिट र सिमेन्टले ढलान गरेको कुरा कुनै पनि हालतमा क्षम्य छैन । महानगरपालिकाको दूरदृष्टिमा ताल्चा लागेको यो नविन उदाहरण हो, हामी यसको घोर भत्सर्ना गर्दछौं । यो गलत कार्य हो । पूर्व सरकारले गरेको निर्णयविरुद्ध पार्क बनाउने जग्गामा प्रकृति मास्ने गरी छड, कंक्रिट तथा सिमेन्टको घोलले भइरहेको ढलान कार्य रोक्न सबै सरोकारवालाहरु तथा समग्र वीरगञ्जेलीहरु तात्ने बेला भएको छ । प्रस्ताविक विपि उद्यानका लागि नगरवासीले तिरेको १० करोड कर लगानी भएको छ, हामी नागरिकको यो सपना सहितको लगानी त्यतिकै खेर जानदिनेछैनौ । अदालतले विपि उद्यानको महत्वलाई आत्मसाथ गर्दै जारी गरेको आदेशले यस लडाईलाई सकारात्मक बाटोतर्फ लान सहयोग गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।”

के छ अदालतद्वारा जारी आदेशमा? आदेशको पुरा पाठ हेर्नुहोस्ः

“विकास पूर्वाधार तथा व्यवस्थित शहरको निर्माणमा खुल्ला स्थानहरु तथा प्राकृतिक महत्वका हराभरा पार्कहरु अपरिहार्य छ । विकासको नाममा अथवा कुनैपनि बहानामा प्रकृति मास्ने कार्य भयो भने त्यो हामीलाई स्वीकार्य छैन, यो अक्षम्य अपराध हो । हामीले यस कार्यको कडा प्रतिवाद गर्ने समय भएको छ ।” गुप्ता बताउनुहुन्छ ।

घन्टाघरको उत्तरतर्फ साबिक नेपाल यातायात संस्थानको जग्गा हाल वीरगञ्ज महानगरपालिकाको स्वामित्वमा रहेको छ । प्रस्तुत तस्विर २०५० सालको एक घटना (जहॉबाटै यो जग्गालाई पार्क बनाउने लडाई सुरूभएको थियो) र २०६० मा मेयर भएपछिको थप लडाइ अनि अन्तत: त्यसैबेला यो जग्गा पास हुँदाको लालपुर्जा हो:

विकासप्रेमी पूर्व मेयर गोपाल गिरीका सुपुत्र तथा लोकप्रिय पत्रकार गरिस गिरीले आफ्ना पिताले वीरगञ्जवासीका लागि देखेको यस दूरगामी सपनामा पार्न खोजिएको तुशारापातको अवस्थालाई चिर्न आवाज उठाउनुभएको छ । आफ्नो ट्वीटरको आधिकारीक ह्याण्डलमार्फत् विपि उद्यानको लागि संरक्षित उक्त जग्गाको लालपुर्जा तथा उतिबेला छापामा आएका समाचारका कटिङ तथा विपि उद्यान घोषणा क्षणका महत्वपूर्ण तस्वीर पेश गर्दै वहाँ लेख्नुहुन्छः “वीरगन्जस्थित यातायात संस्थानको जग्गामा नारायण वाग्ले लगायतले भ्रम सिर्जना गर्न खोजे। पानी धमिलो बनाइयो ।”

वरिष्ठ पत्रकार गिरिश गिरी

“‘कोइला र जिप्सम नथुपार’ भन्दै सानो माँग राख्दा आफ्नो टाउको फोडिएपछि बुवाले नै यो जग्गामा पार्क बनाएरै छाड्ने अठोट लिनुभएको थियो । त्यतिबेला नगरमा पनि काँग्रेसकै अत्यधिक बहुमत र केन्द्रमा पनि काँग्रेसकै सरकार भएकोले ‘विपि उद्यान’ नामबाट लड्दा सजिलो हुन्छ भन्ने उहाँको बुझाइ थियो ।”

“त्यसै अनुसार कुरा अगाडि बढ्यो । तत्कालीन मेयर माधवलालले यो जग्गाको निम्ति सरकारलाई ५ करोड बुझाए । तर, पास भएन । त्यसपछिका मेयर विमल श्रीवास्तवले पनि अर्को ५ करोड बुझाए। फेरि पनि पास भएन । अन्तिममा टिके मेयर गोपाल गिरीले नै २०६० सालमा फेरि लडे र पास गराउन सफल भए । जुन सत्य वाग्लेलाई पचेन ।”

“आज यस जग्गामा मनपर्दी चलिरहेको छ । यसका बाउआमा कोहि भएनन् । ‘विपि उद्यान’को ठाउँमा मुख्यमन्त्रीले नै ‘मधेशी सहिद उद्यान’को शिलान्याश गरिदिए । अहिले महानगरले ठूलो हिस्सामा छडसमेत ओछ्याएर ढलान गरिरहेको छ । पार्क त परै जाओस् यसको जमिनलाई समेत प्रकृतिबाट अलग्याइदैछ । मेरो बुवाको सपना तुहाए ।”

“मेयर साहेबले बारंबार तीन कठ्ठा जग्गामा मात्र कंक्रिट ढलाइ गरिरहेको भनिरहनुभएको छ। यो समाचारमा पनि भनाइ त्यहि छ । म वीरगन्जवासीसँग अनुरोध गर्छु कि एकपटक त्यो ठाउँमा गएर हेरिदिनुस् । के तीन कठ्ठामा मात्र ढलाइ भइरहेको हो? त्यहाँ कठ्ठामा होइन बिघामा ढलान भइरहेको छ । यसरी ढाँट्न पाइन्छ?” गिरी प्रश्न गर्नुहुन्छ ।

हामीले नागरिक अभियान तथा अबको तयारी सम्बन्धमा वीरगञ्जका युवा नेता धिरज गुप्तासँग गरेको जिज्ञासामा गुप्ता भन्नुहुन्छ, “यो लडाई हामी वीरगञ्जेलीको मात्र हैन, स्वच्छ वातावरणका लागि खुल्ला स्थान तथा प्रकृतिप्रेमी सम्पूर्ण नेपालीको लडाई हो । खुल्ला मञ्च खुल्ला गराउन भएका नागरिक अभियान होस् या कमलपोखरी या रानीपोखरीको लडाई यी तमाम प्रकृतिका चेतसँग जोडिएका अभियान सरह नै हामीलाई एउटा विशाल बगैँचासहितको सुन्दर वीरगञ्जको सपना पुरा गर्न सबै नेपालीको सहयोग तथा दवाबको महशुस गरेका छौं ।”

“वास्तवमा मेयरसाबसँग वीरगञ्जको लागि दीर्घकालीन ठोस आर्थिक योजनाहरु नै छैनन । अनि काम देखाएजस्तो गरी जनतालाई मुर्ख बनाउन अर्कै योजनाका लागि प्रस्तावित संरक्षित स्थानमा पार्किङ गर्ने र आसेपासे पोसेर आफ्नो माहोल बनाइराख्ने आशय स्पष्ट देखिन्छ । वीरगञ्जका सबै युवा नेताहरु तथा वीरगञ्जेलीहरुसँग महानगरपालिकाको यस बकम्फुसे विकास मोडलको प्रतिवाद गर्न हार्दिक अनुरोध गर्दछु ।”

विपि उधान प्रयाेग गर्ने शर्तमा नै नेपाल यातायात संस्थानकाे जग्गा तत्कालीन वीरगञ्ज उपमहानगरपालिकालाई रु. दश कराेडमा श्री ५ काे सरकारले तत्कालीन मेयर गाेपाल गिरिकाे पहलमा अर्थमन्त्री डा. प्रकाश चन्द्र लाेहनिले रजिष्ट्रेशन दस्तुरमा केहि सहुलियत प्रदान गरि बिरगंज उपमहानगरपालिकाकाे नाममा लिखत पारित भएकाे थियाे । तर उक्त जग्गामा भुमाफियाकाे ग्रायण्ड डिजाईङमा प्लटिङ गरेर बिक्रि गर्ने खेलकाे सुईकाे पाई त्यसबेलाका उपमेयर अजय द्विवेदिले बिद्यार्थी, शिक्षक र आम नागरिकलाई सडकमा उतारेकाेले साे जग्गा बिपि उधानकाे लागि उनकै कार्यकालमा रु. पाँच कराेड र बिमल श्रीवास्तवकाे पालामा रु. ५ कराेड भुक्तानि गरिएकाे थियाे । अन्तत २०६० सालमा स्व. गोपाल गिरीको पहलमा विपि उद्यानको नाममा जग्गा प्राप्त भएको थियो । त्यसकारण उक्त जग्गा विपि उद्यानकाे नाम जाेडिएकाेले विपि उद्यान बाहेक अन्य प्रयाेजन गरि हराभरा उद्यानलाई कुरुप बनाउने याेजनालाई नेपालि काँग्रेसले कडा बिराेध गर्नुपर्छ र अन्यले पनि साथ दिनु पर्छ भन्ने गुप्ताको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन

ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतामाथी खतराको घण्टि बजिरहेको छ । संवाद तथा फोनिन एपहरुमध्ये प्रयोगकर्ताहरुले अत्याधिक रुचाएको इन्स्ट्यान्ट म्यासेन्जिङ

राष्ट्रिय एकता अभियानले जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ। हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको निर्धारित मिति नजिकिँदै गर्दा पार्टीको आगामी नीति र कार्यदिशाका बारेमा गम्भीर बहस हुनाको साटो आगामी नेतृत्वका