Lifestyle Portal
  •   ८ श्रावण २०७८, शुक्रबार

भारतद्वारा १५० आइसीयु बेड हस्तान्तरण

३ श्रावण २०७८, आईतवार १८:३१

भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्घता अनुरुप नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज मिति २०७८ श्रावण ३ गते आयोजित एक समारोहबीच १५० वटा आइसीयु बेड हस्तान्तरण गर्नुभयो । हस्तान्तरण समारोहमा राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा समग्र रूपमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्घता जनाउनुभयो ।

मन्त्री कार्कीले भारत सरकारको यो कदमको सराहना गरे र वताए कि यो कोविड-१९ बिरूद्धको लडाईमा एक महत्वपूर्ण कोसेढुंगा हो र यसले दुबै देशहरूले देखाएको अतुल्य सद्भभावलाई दर्शाउँदछ।

महामारी सुरु भएयता अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराई भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरिसकेको छ । गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप पाउने पहिलो मुलुकहरु मध्येको एक नेपाल पनि हो । यसका अतिरिक्त भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गर्नुका साथै BIPAP machine,एन्टिजेन परीक्षण सामाग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आइसीयु बेड लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गरिसकेको छ ।

भारत र नेपालबीच स्वास्थ्य क्षेत्रमा बलियो सहकार्य रहदै आएको छ जसमा एम्बुलेन्सको वितरण, स्वास्थ्य क्षेत्रमा नियमित प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम र अस्पताल, ट्रमा तथा प्रसूति केन्द्र, नेचुरोप्याथी सेन्टर, आँखा हेरचाह केन्द्र लगायतका स्वास्थ्य पूर्वाधारको विकास रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

राष्ट्रिय एकता अभियानले काठमाडौंमा जनता समाजवादी पार्टी नेपाल (जसपा) का सङ्घीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन

ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतामाथी खतराको घण्टि बजिरहेको छ । संवाद तथा फोनिन एपहरुमध्ये प्रयोगकर्ताहरुले अत्याधिक रुचाएको इन्स्ट्यान्ट म्यासेन्जिङ

राष्ट्रिय एकता अभियानले जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध प्रदर्शन गरेको छ। हिन्दुत्वविरोधी घृणा फैलाउने कार्य

नेपाली काँग्रेसको चौधौं महाधिवेशनको निर्धारित मिति नजिकिँदै गर्दा पार्टीको आगामी नीति र कार्यदिशाका बारेमा गम्भीर बहस हुनाको साटो आगामी नेतृत्वका