Lifestyle Portal
  •   १४ माघ २०७८, शुक्रबार

विश्वासको मत जितेका प्रधानमन्त्री देउबालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए बधाई

४ श्रावण २०७८, सोमबार ०६:१७

काठमाण्डौ । विश्वासको मतका लागि नेपाली काँग्रेसका सभापती तथा प्रधानमन्त्री देउबाले कुल २७५ भोट मध्यबाट १६५ बहुमत भोट प्राप्त गर्नुभएको छ । मतदान प्रक्रियामा कुल २४९ सांसदहरु सहभागी भएका थिए । जसमध्येका १६५ भोट प्रधानमन्त्री देउबाको पक्षमा खसेको थियो । जसबाहेक केवल ८३ भोट उनको विरुद्ध खसेको थियो । नेपाली काँग्रेस, नकपा माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी-नेपालका सांसदहरुले देउबाको पक्षमा आफ्नो मत जाहेर गरेका थिए ।

प्रधानमन्त्री देउबाले जनताको संसदबाट जनादेश स्वरुप विश्वासको मत प्राप्त गरेसँगै छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राती १० बजे ट्वीट गर्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउबालाई बधाई ज्ञापन गर्नुभएको छ ।

प्रेसित ट्वीटमा लेखिएको छः “प्रधानमन्त्री @DeubaSherbdr लाई बधाई तथा उनको सफल कार्यकालका लागि शुभकामना । म सभी क्षेत्रहरुमा सृजनात्मक साझेदारीलाई अगाडी बढाउनका लागि, तपाईंसँग काम गर्न तथा त्यहाँका नागरिकका साथ हाम्रो गहिरो सम्बन्धलाई मजबूत गर्न म तत्तपर छु ।”

नेपाली काँग्रेसका सभापती ७५ वर्षीय देउबाले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अषाढ २९ गते प्रधानमन्त्री पदको शपथ लिनुभएको थियो । यसको एक दिन अघि सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षता रहेको संवैधानीक इजलासले ५ महिना अघि विघटित संसदको तल्लो सदन प्रतिनिधिसभालाई पुनर्स्थापना गर्ने आदेश दिएको थियो । अदालतले ओली सरकारले प्रतिनीधिसभा विघटनबारे लिएको निर्णयलाई असंवैधानिक घोषणा गर्दै प्रतिपक्षमा रहेको नेपाली काँग्रसका सभापती शेरबहादुर देउबालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडौं -सडक विस्तारका क्रममा नाली बनाउन खनिएको खाल्डोमा परेर चितवनमा एकसिंगे गैडा मरेपछि निर्माण व्यवसायीलाई समेत आरोपित गरी गैर—कानुनी रूपमा

वीरगञ्ज । सदियौंदेखि देशको अर्थिक प्रगतिमा योगदान दिंदै आएको र ‘आर्थिक नगरी’को उपमा पाएको वीरगञ्ज महानगरलाई अब घोषित रुपमैं ‘आर्थिक

भनिन्छ हाँसो नै जिवनको एउटा ओखती हो जस्ले उमेर बढाउने काम गर्छ। नेपालीमा मात्र हैन अङ्ग्रेजीमा पनि भन्ने गरिन्छ “Laugh

काठमाडौं । काठमाडौं त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र अनेष्ट सप्लायर्सबाट अमेरीकन ब्राण्ड थ्रीएम मास्कको नक्कल गरी उस्तै देखिने कम