देउवा–मोदी टेलिफोन संवाद


काठमाण्डौ । प्रतिनीधिसभाबाट विश्वासको मत जितेर प्रधानमन्त्री हुनुभएका शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी बीच टेलिफोन संवाद भएको छ ।

प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमार्फत कुरा भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत् दिनुभएको छ ।

उनले संवादका क्रममा द्विपक्षीय हितको विषयमा छलफल भएको जानकारी दिनुभएको छ ।


प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीले कोभिडविरुद्धको खोप आपूर्ति गर्न आग्रह गरेको र मोदीले छिटै खोप उपलब्ध गराउने आश्वासन दिएको समेत जानकारी गराउनुभएको छ ।

मोदीले प्रधानमन्त्रीमा नियुक्त भएकोमा आफूलाई बधाई दिएकोमा प्रधानमन्त्री देउवाले धन्यवाद ज्ञापन गर्नुभएको छ ।


Loading comments...