तपाईंको ह्वाट्सएपको च्याट ह्याकरले पढी रहेका हुनसक्छन्, ठूलो समस्या समाधान गर्नतर्फ लाग्यो कम्पनी


ह्वाट्सएप (WhatsApp) प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतामाथी खतराको घण्टि बजिरहेको छ । संवाद तथा फोनिन एपहरुमध्ये प्रयोगकर्ताहरुले अत्याधिक रुचाएको इन्स्ट्यान्ट म्यासेन्जिङ मोबाइल एप्लिकेशन ह्वाट्सएपमा एउटा ठूलो कमजोरी देखिएको छ जसका कारण कुनैपनि प्रयोगकर्ताको च्याट हिस्ट्रिलाई साइबर अपराधीहरुले सजिलै पढिरहेको कुरा सार्वजनिक भएको छ । यो साचो हो कि ह्वाट्सएपको च्याट इण्ड-टू-इण्ड इनक्रिप्टेड हुन्छन्, तर iCloud या Google Drive मा ब्याकअप स्टोर गरिए पश्चात् यसलाई सम्पूर्ण रुपले सुरक्षित मान्न सकिन्न । मुख्यरुपले कुनै पनि क्लाउडमा सुरक्षित भनेर राखिएका च्याटलाई कुनै अपराधसँग जोडिएको घटनाको अनुसन्धानका लागि सुरक्षा निकायले वारेन्ट सहित एक्सेस गर्न सक्छन् । विशेष त भारतमा यो सामान्य अनुसन्धानको प्रक्रियामा अत्यन्तै प्रयोगमा छ । ह्वाट्सएपले सुरक्षा सन्यन्त्रका लागि सुविधाको रुपमा ल्याएको यो एक्सेस सम्बन्धि सुविधा अर्थात् iCloud या Google Drive मा रहेको च्याट ह्याकरहरुले सजिलै ऐक्सेस गरिरहेका छन् ।


Loading comments...